coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्मचारी सरुवामा ट्रेड युनियनको विरोध

काठमाडौं- स्थानीय तहमा कर्मचारी पठाइएकोप्रति पार्टीगत निजामती कर्मचारीको टे«ड युनियनले विरोध गरेका छन् । नयाँ संरचनामा बनेका स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला निर्वाचन आचारसंहिता देखाउँदै टे«ड युनियनले विरोध गरेका हुन् ।
पार्टीअनुसारका टे«ड युनियनसँग जुध्न अप्ठेरो भएपछि गठन गरिएको निजामती कर्मचारको ‘आधिकारिक टे«ड युनियन’ बाहेकका संघसंगठनले समेत सरकारको काममा हस्तक्षेप र विरोध गर्ने गरेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा, काज तथा पदस्थापन निर्वाचन आचारसंहिता र पक्षपात भएको भन्दै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले विरोध जनाएको छ ।
विभिन्न सेवा समूहबाट निर्वाचन आयोगको सहमति लिएर स्थानीय तहमा करिब १३ सय कर्मचारी काजमा खटाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।
‘हामीले स्थानीय तहमा कर्मचारी खटाएका हौं । निर्वाचन आयोगको सहमति लिएर काजमा पठाएका हौं’, प्रवक्ता न्यौपानेले भने, ‘हामीले कुनै कानुन मिचेका छैनौं ।’
निजामती सेवा ऐनअनुसार विभिन्न सेवा, समूहमा रहेका कर्मचारीलाई स्थानीय तहमा काजमा पठाइएको उनले बताए । पठाएका कर्मचारी सम्बन्धित स्थानमा नगएमा निजामती सेवा ऐनअनुसार विभागीय कारबाही गरिने पनि उनले बताए ।
तर, मन्त्रालयहरूले कर्मचारी खटाए पनि स्थानीय तहमा कर्मचारी पुगिसकेका छैनन् । टे«ड युनियनहरूको विरोधका कारण नयाँ गाउँपालिका र नगरपालिकामा कर्मचारी अपुग छ ।
स्थानीय तहमा कर्मचारी खटाउँदा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायतले सरुवा, काज तथा पदस्थापन गर्दा कर्मचारीलाई आस्थाका आधारमा विनामापदण्ड पक्षपातपूर्ण व्यवहार गरेको संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘निर्वाचन आचारसंहिता लागू भएका बेला अर्थ, गृह, भौतिक योजना, सिँचाइ, कृषि, भूमिसुधार, श्रम तथा रोजगार मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयलगायतका नियकाले गैरकानुनी, बिनामापदण्ड, आगामी निर्वाचनलाई प्रभाव पार्न कर्मचारी सरुवा गरिएको भन्दै विरोध गरेका हुन् । निर्वाचन आयोगले सहमति दिनु ‘लज्जास्पद’ भएको अध्यक्ष देवकोटाले टिप्पणी गरेका छन् । तत्काल कर्मचारीलाई काजमा पठाउने काम रोक्न सरकारलाई अनुरोध गरेको छ ।
‘सातवटा टे«ड युनियन थिए, आधिकारिक ट्रेड युनियन थपिएर आठवटा बनेका छन्,’ सामान्य प्रशासनका एक उपसचिवले भने । ट्रेड युनियनमार्फत कर्मचारी पनि राजनीतिमा लाग्ने एउटा माध्यम भएको उनले टिप्पणी गरे ।

प्रकाशित: १० आश्विन २०७४ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App