८ वैशाख २०८१ शनिबार
राजनीति

कोमल वली एमाले प्रवेश

दाङ- सञ्चार क्षेत्रबाट औपचारिक रुपमा बिदा लिई राप्रपाको राजनीतिमा सकृय बनेकी गायीका कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन्। सोमवार दाङमा उनलाई एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी प्रवेश गराएका हुन् । वली कमल थापा नेतृत्वको राप्रपा की निर्वाचित केन्द्रीय सदस्य थिईन् । उनि राप्रपाको गत एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन् । रेडियो नेपालको स्थायी जागिरे उनि केहि समय अघि रेडियो नेपालबाट राजीनामा दिएर पार्टी राजनीतिमा लागेकी थिईन् । राप्रपा छोडेर सोमवार एमाले प्रवेश गरेकी वलीले एमाले सच्चा राष्ट्रबादी पार्टी भएका कारण आँफू यो पार्टीमा प्रवेश गरेको बताईन् । ‘एमालेमा जस्तो राष्ट्रवाद मैले अरु पार्टीमा देखिन,’पार्टी प्रवेश समारोहमा उनले भनिन् ‘यो पार्टीको सच्चा राष्ट्रवादको नीतिले मलाई तानेको हो।’

पर्टी प्रवेश गराउँदै एमाले उपाध्यक्ष गौतमले वलीलाई पुरानै घरमा फिर्ता गर्न पाएकोमा निकै खुशि भएको बताए। उनले भने ‘कोमल वली जी कसरी राप्रपामा जानु भयो ? मलाई अचम्म लागिरहेको थियो, तर अन्ततः उहाँ आफ्नो पुरानै घरमा फर्किनु भएको छ, यो खुशीको कुरा हो ।’ उनले वलीलाई पार्टीमा स्वागत मात्रै नभई उनलाई पार्टीले उचित सम्मान समेत दिने बताए।

 

 

प्रकाशित: ९ आश्विन २०७४ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App