६ वैशाख २०८१ बिहीबार
राजनीति

सभामुखद्वारा प्रजातन्त्रको अपहरण : सांसदहरु

संसदमा सत्ता पक्षतर्फका खाली कुर्सीहरु, इन्सेटमा सभामुख घर्ती जबर्जस्ती विधेयक पारित गराउँदै र नेमकिपाका दुई सांसद विरोध गर्दै।

काठमाडौं— सोमबार सभामुख ओनसारी घर्ती मगरले संसदमा गणपूरक संख्या नपुर्‍याई जबर्जस्ती देवानी संहिता विधेयक पारित गरेको घटनालाई सांसदहरुले 'प्रजातन्त्र हरण'को रुपमा टिप्पणी गरेका छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्याबारे ध्यानाकर्षण गराए पनि सभामुखले जबर्जस्ती गरेको बताए।

'सभामुखले छलछाम गरी विधेयक पारित गराउनु भयो', सुवालले नागरिकन्युजसँग भने, 'हामीले प्रश्न उठाए पनि उहाँले गणना गर्नै मान्नु भएन। सभामुखले प्रजातन्त्र खोसेर देवानी कार्यविधि संहिता पारित गराउने काम भयो।' निरंकुशतापूर्वक विधेयक पारित गराएको भने विधिसम्मत तरिकाले संसद सञ्चालन हुनुपर्ने बताए।

'सभामुखले छलछाम गरी विधेयक पारित गराउनु भयो', सुवालले नागरिकन्युजसँग भने, 'हामीले प्रश्न उठाए पनि उहाँले गणना गर्नै मान्नु भएन। सभामुखले प्रजातन्त्र खोसेर देवानी कार्यविधि संहिता पारित गराउने काम भयो।'

संसदको गणपूरक संख्या १४८ हो। १२१ सांसद उपस्थित भएको बैठकबाट सभामुखले जबर्जस्ती विधेयक पेश गरी पारित गरेकी थिइन्। विधेयक पारित गर्न गणपूरक संख्या नरहेकोबारे सुवालले संसद हलभित्र प्रश्न उठाएका थिए। सभामुखले त्यसलाई बेवास्ता गर्दै अघि बढेकी थिइन्।

सत्ता पक्षले गणपूरक संख्या नपुर्‍याई विधेयक पारिता गर्नु दुःखद भएको एमाले सांसद रेवतीरमण भण्डारीले बताए। 'संसद बैठक सञ्चालनका लागि १४८ सांसद पुर्‍याउनु सत्ता पक्षको दायित्व हो। आज संसदमा प्रतिपक्षी सांसद बढी थिए यो सत्ता पक्षको उदासिता हो', भण्डारीले नागरिकन्युजसँग भने।

सरकारका मन्त्रीले पेश गरेको विधेयक पारित गर्ने मुख्य जिम्मा सत्ता पक्षको हुन्छ।

प्रदेश २ मा स्थानीय निर्वाचन तथा नजिकिएको दशैँका कारण सोमबार संसदमा सांसदहरुको उपस्थिति न्युन थियो। सोही अवस्थामा सभामुखले बलमिच्याइँ गरेकी थिइन्।

सोमबारको सत्रसँगै संसद अर्को बैठक असोज २० गेतसम्मका लागि स्थगित भएको छ।

सभामुखले कसरी जबर्जस्ती विधेयक पारित गराएकी थिइन? भिडियो हेर्नुहोस् :

प्रकाशित: ९ आश्विन २०७४ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App