७ वैशाख २०८१ शुक्रबार
समाज

अरिङगलले टोक्दा युवकको मृत्यु

 बाजुरा –अरिङ्गालको टोलाईबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ६ पन्धारा बस्ने जयधने बुढाका २६ वर्षका छोरा तुला बुढा रहेका छन्। बुढाको आइतबार राती १० बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

गाउँ नजिकैको जंगलमा घाँस काट्ने गएको बेला अरिङ्गालले टोकेको थियो । बुढाको स्थानीय मेडिकलमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । राती अर्को ठाउँमा लैजान समस्या भएकोले आफन्तले स्थानीय मेडिकलमा उपचारका लागि भर्ना गरेका थिए।

प्रकाशित: ९ आश्विन २०७४ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App