coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पराजित उम्मेदवारका छोराको गोली हानी हत्या

रौतहट- रौतहटको परोहा नगरपालिका २ मा वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३:३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो।

पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो। छातीमा गोली लागेका उनी छटपटिन थालेपछि तत्काल जिल्ला अस्पताल गौरतर्फ लैजाँदै गर्दा बिहान करिब ४ बजे बाटोमै उनको मृत्यु भएको हो।

गर्मीका कारण घरको बरन्डामा चार पाँच जना साथीसँग उनी सुतिरहेको अवस्थामा गोली प्रहार भएको हो। कसले र किन गोली चलाएको खुल्न सकेको छैन । उनको छातीमा दुई गोली लागेको थियो।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक झाका अनुसार व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘व्यक्तिगत रिसइबीका कारण घटना भएको जस्तो देखिन्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ’, उनले भने, केही दिन अघि घोषित स्थानीय तहको निर्वाचन मतपरिणाममा वडा अध्यक्षमा माओवादीले जितेको थियो । मेयर र उपमेयरमा काँग्रेसले जितेका छन्।

रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलका अनुसार हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ आश्विन २०७४ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App