८ वैशाख २०८१ शनिबार
राजनीति

नेमकिपा छाडेका धिताललाई प्रचण्डले दिए आमसभाबाटै टिकट

अामसभालार्इ सम्बाेधन गर्दै नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्बिर : डिबी बुढा

जुम्ला – नेपाल मजदुर किसान पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पूर्ण प्रसाद धिताललाई जुम्ला सिजामा आयोजित आम सभामै प्रचण्डले टिकट दिएका छन् । आगामी मंसिर १० गते हुने प्रदेशसभाको चुनावको लागि जुम्ला क्षेत्र नम्बर २ मा धिताललाई माओवादी केन्द्रमा प्रवेश गरे लगत्तै टिकट दिइएका हुने । उनले भने, जुम्ला क्षेत्र नम्बर दुईका लागि पुर्ण प्रसाद धितालले नै टिकट पाउने भएकोले निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराउन नेता कार्यकर्ता र जनतालाई निर्देशन गर्दछु । 

नेमकिपाका धिताल नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।  प्रदेश नम्बर २ मा नव प्रवेशीलाई टिकट दिदा विजयी भइसकेका छन्, प्रचण्डले भने जुम्लामा पनि पुर्ण प्रसादले जित्ने छन् । यसका लागि पार्टीको सबै संयन्त्रलाई परिचालन हुन आग्रह गरे । प्रचण्डले आमसभामै टिकट दिइएको घोषणा गरेपछि माओवादी केन्द्र भित्र असन्तुष्टि पैदा भएको छ। 

आमसभामा पुर्ण प्रसाद घिताल र खाम्वा शाही सहित झण्डै ७ सय जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।  नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष धितालले साता अघि  एकसय ३९ कार्यकर्ता सहित एकैसाथ पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए।  

पार्टी परित्यागको घोषणासँगै पूर्णप्रसाद धितालको संयोजकत्वमा वृहत कम्युनिष्ट पार्टी निर्माण अभियान समेत गठन गरिएको थियो । उनले औपचारिक रुपमा माओवादी केन्द्रमा प्रवेश गरे संगै अभियान समाप्त भएको हो । लामो समयसम्म कामदार वर्गको हितमा संघर्ष गर्दै आएपनि पार्टी फैलिनुको साटो खुम्चिदै जानुमा नेतृत्वमा रहेका व्यक्तिहरूका कारण आफूहरु रहन नसक्ने वातावरण सिर्जना भएको धितालले बताए।

उनले पटक पटक पार्टीले लिएको कार्यशैली बदल्न सुझाव दिएपनि कार्यान्वयनको दिशामा कुनै पहल नहुँदा आफूहरू बाध्य भएर पार्टी परित्याग गर्नुपरेको  बताए । काममदार वर्गलाई शासकका रुपमा उठाउने उद्देश्य राखी लामो समयदेखि संघर्ष गर्दै आएको नेमकिपा फैलिनुको साटो खुम्चिँदै गएको भन्दै पार्टीले लिएको कार्यशैली परिवर्तनका लागि पार्टी नेतृत्वलाई बारम्बार सुझाव दिँदा पनि नेतृत्व टसको मस परिवर्तन नभई यथास्थितिमा रहने देखिएकाले विभिन्न जिम्मेवारीमा रहेका हामीहरू साधारण सदस्यमा नरहने गरी परित्याग गरेका हौं। 

पूर्णप्रसाद धिताल पश्चिम नेपालमै नेपाल मजदुर किसान पार्टीका प्रभावशाली युवा नेताका रुपमा हेरिँदै आएको थियो । धितालसँगै सिंजा क्षेत्रका यति धेरै कार्यकर्ताहरूले पार्टी परित्याग गरेपछि नेपाल मजदुर किसान पार्टीलाई कर्णालीमा ठूलै धक्का लागेको छ । धिताल यसअघि भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाबाट सिँजा गाउँपालिकाका अध्यक्षमा निर्वाचन लडेका थिए । निर्वाचनमा उनी एकसय ८१ मतले पराजित भएका थिए । उनको एकहजार दुई तीन मत आएको थियो।
 

प्रकाशित: ९ आश्विन २०७४ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App