coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको यात्रा प्रतिबन्धमा तीन देश थपिए

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्च महिनामा मुस्लिम बाहुल्य ६ राष्ट्रमाथि लगाएको यात्रा प्रतिबन्धको दायरा बढाई उक्त सूचीमा उत्तर कोरिया, भेनेजुयला  र चादलाई समेत समावेश गर्ने घोषणा गरेका छन् । 

राष्ट्रपति ट्रम्पले गत मार्चमा जारी गरेको आदेशमा मुस्लिम बाहुल्य मुलकहरू इरान, लिबिया, सोमालिया, सुडान तथा यमनका नागरिकहरूलाई अमेरिका भ्रमणका लागि प्रतिबन्ध लगाएका थिए । 

विदेशी सरकारले उपलब्ध गराएका विभिन्न सूचनाका आधारमा यात्रा प्रतिबन्धको दायरा बढाएको ह्वाइट हाउसले बताएको छ। 

राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएकोले उक्त आदेशको कार्यान्वयनको आवश्यकता रहेको बताए । यस अघि प्रतिबन्ध ६ मुस्लिम बाहुल्य मुलुकहरूको सूचीबाट इरानलाई हटाइएको छ। 

उत्तर कोरिया, भेनेजुयला तथा चाडलाई उक्त सूचीमा समावेश गराए पश्चात् प्रतिबन्धित मुलुकहरू सबै मुस्लिम रहेनन्।
 
उक्त प्रतिबन्ध १८ अक्टोबरबाट मात्र लागु हुने बताइएको छ। 

प्रकाशित: ९ आश्विन २०७४ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App