सहकार्य गर्दै दुवै देशका व्यवसायी

सोमबार, ०९ असोज २०७४, ११ : २७ भीम चापागाईं

सिलिगुडी (भारत)- आन्तरिक र भारतीय पर्यटकले धानिरहेको मेची पहाडको पर्यटन प्रवद्र्धनका लागि भारत पश्चिम बंगालका पर्यटन व्यवसायीसँग समन्वय थालिएको छ । मेचीका पर्यटन व्यवसायी र सरोकारवाला संघ–संस्थाका पदाधिकारीले भारतीय समकक्षीसँग दुवै देश क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयास थालेका हुन् ।
इलाम होटल एसोसिएसन र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको पहलमा सीमा जोडिएका दुवै नेपाली र भारतीय पर्यटकीय क्षेत्रको प्रवद्र्धन प्रयास गरिएको हो । यही क्रममा यो वर्षको ‘विश्व पर्यटन दिवस’ दुवै देशका सरोकारवालाले भारत सिलिगुडीमा मनाएका छन् । दिवस मनाउन मेची पहाडीका कार्यकारी निर्देशक केशव धौराली, होटल एसोसिएसनका अध्यक्ष देवी पौड्याल, इलाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इश्वर चिपालु, जिल्ला कलाकार र सञ्चारकर्मीलगायत करिब २२ जनाको टोली सिलिगुडी आएको छ ।
यही अवसरमा २२ देखि २४ सेप्टेम्बर (असोज ६–८) सम्म सिलिगुडीमा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा मेची पहाडबाट लगिएका अर्गानिक चिया, अलैंची, ललिपप, छुर्पी, बम्बइसन, ढाका, अकबरे खुर्सानीलगायत राखिएको छ । प्रदर्शनीको ‘स्टर्न नेपाल’ स्टलमा इलामबाट लगेर राखिएको अर्गानिक अर्थाेडक्स चिया, ललिपप र अकबरेमा आगन्तुकको विशेष आकर्षण देखिएको व्यवसायीले बताएका छन् । ‘यो तीन दिनमा लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरेका छौं,’ इलाम बजारको पाथीभरा टी सपका सुशील घिमिरेले भने, ‘अर्थाेडक्स चिया र अकबरे किन्न धेरै ग्राहक आइरहेका छन् ।
नेपाली व्यवसायीका अनुसार भारतको पश्चिम बंगाल र दक्षिणी भारतका विभिन्न प्रान्तबाट आएका पर्यटकले मेची पहाडको कोसेलीका रूपमा मानिने कृषि उत्पादनमा विशेष चासो देखाएका छन् । भारतकै दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडीलगायत क्षेत्रका व्यवसायीले राखेका स्टलभन्दा मेची पहाडको कृषि उत्पादनमा बढी आकर्षण रहेको इलामकै अर्का व्यवसायी सुमन राईले बताए । ‘अन्य स्थानबाट ल्याएका स्टल खानेकुरा, औषधि, जडीबुटी, भाँडाकुँडालगायत रहेछन्,’ उनले भने, ‘कृषि उत्पादनको स्टल चाहिँ हाम्रो मात्रै परेकाले यहाँ आगन्तुक धेरै आएका छन् ।’ नेपाली स्टलमा ढाकाका झोला, टोपी, भादगाउँले टोपीलगायतको पनि स्टल छ ।
असोज, कात्तिक, मंसिर, फागुन, चैत र वैशाख मेची पहाड मात्र नभई भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायत क्षेत्रको मुख्य पर्यटकीय सिजन हो । यही सिजन सुरु भएपछि दुवै देशका सरोकारवाला पर्यटनमा सहकार्य गर्न जुटेका हुन् । ‘पहाडकी रानी’ दार्जिलिङ र मिरिकमा बर्सेनि लाखौं पर्यटक आउँछन् । तर, त्यहाँका पर्यटक नेपालमा आकर्षण गर्न इलामे सरोकारवालाले विशेष चासो दिएका हुन् । उनीहरूले बेला–बेला यहाँको कृषि उत्पादन मात्रै होइन, मौलिक संस्कृति झल्किने लोकगीत, नृत्यसमेत पश्चिम बंगालका सहरमा प्रदर्शन गर्ने गरेका छन् । यो पटक पनि इलामस्थित युनिक डान्स सेन्टरका ११ कलाकारले सिलिगुडीमा पश्चिम बंगालबासीबीच मौलिक नृत्य प्रस्तुत गरे ।
उनीहरूले मारुनी, तामाङ सेलोजस्ता लोक सांस्कृतिक नृत्य प्रदर्शन गरेको सेन्टरका प्रशिक्षक प्रज्ज्वल चापागाईंले बताए । ‘हाम्रो सांस्कृतिक भेषभुषा र नृत्यमा बंगाली पर्यटकको आकर्षण देखिएको छ,’ उनले भने, ‘हामीले निकै मेहनतसाथ यहाँको मौलिकता बंगाली पर्यटकलाई देखायौं, पक्कै पनि हाम्रो सहयोगले इलामको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’ उनले बाहिरी देश र जिल्लाबाट इलाम पुग्ने पर्यटकलाई इलामले सांस्कृतिक, परम्परागत मौलिक संस्कृति देखाउन सके त्यसले पर्यटक लोभ्याउने बताए ।
तेस्रो मुलुकका पर्यटक थोरै संख्यामा मात्रै आउने इलाममा भारतीय पर्यटकको संख्या बर्सेनि ६० हजार हाराहारी पुग्ने गरेको कोलबुङस्थित पर्यटन सूचना केन्द्रको तथ्यांक छ । भारतको पनि पश्चिम बंगालका पर्यटकले आफ्नो गन्तव्य इलाम, पाँचथर र ताप्लेजुङलाई बनाएका छन् । त्यहाँका पर्यटक झापासँग जोडिएको काँकडभिट्टा र इलामका सन्दकपुर, पशुपतिनगर, मानेभञ्ज्याङलगायत क्षेत्रबाट बंगाली पर्यटक भित्रिने गरेका छन् । विशेषगरी गर्मी मौसममा सन्दकपुर, माइमझुवा, छिन्टापु, जमुना, माबु, माइपोखरी, पशुपतिनगर, फिक्कल, पाथीभरालगायत क्षेत्रमा पर्यटक खचाखच हुन्छन् ।
तर, यो वर्ष सिजनकै बेला गोर्खाल्यान्ड आन्दोलन जारी रहेकाले दार्जिलिङसहितका स्थान तीन महिनायता बन्द हुँदा मेची पहाडको पर्यटनमा समेत असर पुगेको समितिका कार्यकारी निर्देशक धौरालीले बताए । ‘मेची पहाडको पर्यटनमा पश्चिम बंगालको आमहड्तालले सोझो असर गरेको छ,’ उनले भने, ‘दार्जिलिङमा पर्यटक नआउँदा इलाम, पाँचथर र ताप्लेजुङमा यो वर्ष मुख्य सिजनमै सुक्खा भइरहेको छ ।’ धौरालीले दुवै देशको पर्यटन प्रवद्र्धनका लागि समन्वय आवश्यक रहेकाले व्यवसायीबीच सम्बन्ध विस्तारको काम अघि बढाएको बताए । उनले पश्चिम बंगालका पर्यटकलाई मेची पहाडको पर्यटकीय क्षेत्रको सूचना पु¥याउन सके यहाँको पर्यटनले गति लिने बताए ।
भारतको सिक्किम र कोलकातादेखि दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत स्थानमा आएका पर्यटकलाई त्यहाँका व्यवसायीले अहिले पनि नेपालको सीमासम्म ल्याउने गरेका छन् । त्यहाँका पर्यटन एजेन्सीले आफ्नो ‘मेन्यु’मा ‘नेपाल भ्रमण’ समावेश गरेर पशुपतिनगर र सन्दकपुरसम्म ल्याउने गरेका छन् । भारतीय एजेन्सीले प्याकेजमै ल्याएका पर्यटकले करिब ४५ मिनेटका लागि पशुपतिनगरसम्म घुम्न र किनमेल गर्न पाउने गरेको पशुपतिनगर उद्योग वाणिज्य संघले जनाएको छ । ‘भारतले ल्याइदिएका पर्यटकले नै सीमावर्ती बजारको अधिकतर  कारोबार धान्ने गरेको छ,’ संघ अध्यक्ष प्रमोद राई भन्छन्, ‘नेपाल भनेर घुम्न आउने बंगाली पर्यटक गाउँ–गाउँसम्म पुगिरहेका छन् ।’
भारतीय व्यवसायीले पनि मेची पहाडको पर्यटन प्रवद्र्धनले पश्चिम बंगाललाई सहयोग पुग्ने भएको नेपाली व्यवसायीसँग समन्वय गरिरहेको बताएका छन् । कोलकाताका पर्यटन प्रवद्र्धक राज बसुले पूर्वी पहाड घुम्न आएका नेपालको पश्चिमी जिल्लाका पर्यटक र पूर्वी नेपालकै पर्यटकलाई पनि दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडीलगायत क्षेत्र घुमाउन नेपाली व्यवसायीले सघाउने बताए । ‘दुवै देशका पर्यटकीय क्षेत्रको विशेषता उस्तै छ, पर्यटकीय सिजन पनि उस्तै रहेकाले हामीले समन्वय गर्नु अत्यावश्यक भएको छ,’ उनले भने, ‘पूर्वी नेपाल र कोलकातासम्मका भारतीय पर्यटन व्यवसायीको समन्वय गराएर पर्यटनमा सहकार्य गर्न प्रयास गरिरहेका छौं ।’ उनले अबको पर्यटन दुवै देशका व्यवसायीको सहकार्यले नै दिगो हुने बताए ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...