व्यापार घाटा कम गर्न निर्यात व्यापार बढाउनुपर्छः उपराष्ट्रपति पुन

शुक्रबार, १४ साउन २०७३, १८ : ४२ नागरिक

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा संविधान कार्यान्वयन गरी देशमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्।

नेपाल फ्राइट फरवार्डर्स एसोसिएसनले २२ औँ कार्गो दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई समृद्ध बनाउन स्वदेशमा भएका स्रोत तथा साधनलाई अधिकतम उपयोग गरी गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिँदै त्यसले निर्यातमुखी व्यापार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति पुनले कार्गो व्यवसायले विभिन्न देश तथा त्यहाँका नागरिकलाई सेवा पुर्याउनाका साथै सम्बन्ध विस्तार गर्ने बताउँदै सो व्यवसायले निर्यातको अनुपातमा आयात वृद्धि गरेकामा चिन्ता व्यक्त गरे।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा माग भएका नेपाली वस्तुको गुणस्तरीय उत्पादन हुन नसक्दा निर्यात वृद्धि हुन नसकेको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणा लगायतले देशमा गरिने पूर्वाधार र विकासनिर्माणका कार्यमा स्थानीय जनसहभागिता गराउन सकेमा मात्र सामाजिक रुपान्तरण सम्भव हुने विचार व्यक्त गरे।

एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले सो व्यवसायमा संलग्न व्यवसायीको हकहित सुरक्षित गर्न संस्था क्रियाशील रहेको बताए। रासस

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad