८ वैशाख २०८१ शनिबार
समाज

धनकुटा बस दुघर्टनाः थप २ सहित १५ को मृत्यु, ६ जनाको सामुहिक अन्त्यष्टी

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै बिहीबार भएको बस दुघर्टनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। विपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरानमा उपचारको क्रममा गए राती थप २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा आँखिभुई गाविस वडा नं. ९ का २३ वर्षीय खगेन्द्र कार्की र धरान– १७ का चेतबहादुर मगर रहेका छन्।

घटनामा ७ जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने ८ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।  

संखुवासभाको मुडेशनिसरेबाट धरान जाँदै गरेको बा.२ ख ७३६६ नम्बरको डाफेमुनाल बस दुघर्टनामा परेको हो । ब्रेक फेल भएको र हुस्सु र पानी परिरहेको बेला टर्निङमा घुम्न नसक्दा बस करीब ८० मिटर तलगएर बजारिएको थियो।

घट्नास्थलमा मृत्यु हुनेमा हात्तिखर्क गाविस वडा नं. ६ निवासी पुर्व अर्थराज्य मन्त्री हरिराज खेवा, परेवादिन गाविस वडा नं. ७ की तारादेवी बस्नेत र उनकी ३ बर्षिय छोरी रेश्मा, सोही ठाउँकी अतिमाया तामाङ र खिनमाया भट्टराई, आँखिभुई–९ संखुवासभाका यमबहादुर महत र धरान उपमहानगरपालिका वडा नं. २ का ब्यापारी बेदप्रकास अग्रवाल रहेका छन् ।  

त्यस्तै विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानमामा तेह्रथुम फुलेक– ६ की होमा पौडेल, धनकुटा लेगुवाका तेजबहादुर थापा, मारेककटहरेका वीरबहादुर काफ्ले, संखुवासभा मादी नगरपालिकाका टंक कटुवाल र धनकुटा बुढीमोरङ– ८ का सनम तामाङ रहेका छन् । उपचारका क्रममा मृत्यु भएको एक जनाको अझै सनाखत हुन सकेको छैन ।  

अर्थ राज्यमन्त्री खेवासहित ६ जनाको अन्त्यष्टी  
बस दुघर्टनामा ज्यान गुमाएका पुर्व अर्थराज्य मन्त्री हरिराज खेवा सहित ६ जनाको सामुहिक अन्त्यष्टी रिएको छ। शुक्रबार धनकुटाको मुलघाटमा मृतकहरुको आफन्तजनको उपस्थितीमा सामुहिक अन्त्यष्टी गरिएको हो।  

विहिबार जिल्ला अस्पताल धनकुटामा पोष्टमाटम गरी राज्य मन्त्री खेवाको शव जन्मघर हात्तिखर्क लगिएको थियो। लिम्बु संस्कारअनुसार अन्त्यष्टीको काम सकेपछि शुक्रबार १० बजेदेखि १ बजेसम्म शव धनकुटाको चुवाको बोटमा श्रद्धान्जलीको लागि राखिएको थियो।

त्यसपछि धनकुटा बजार परिक्रमा गरी अन्त्यस्तीको लागि मुलघाट लगिएको थियो। शवयात्रामा ३ हजारभन्दा बढीको सहभागिता थियो। उनलाई नेकपा माओबादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य गोपाल किरातीसहित नेता कार्यकर्ताले हसिया हथौडा अंकित पार्टीको झण्डा ओढाएर श्रद्धन्जली दिएका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरी सलामी दिएको छ।  

शवयात्रामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारी, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि पौडेल, एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, सरकारी कर्मचारीहरुको सहभागी थिए।

त्यसैगरी बस दुघर्टना मृत्यु भएका तारादेवी बस्नेत, उनकी छोरी रेश्मा, खिनामाया भट्टराई, खगेन्द्र कार्की र यमबहादुर महतको मुलघाटमा गरिएको छ। उनीहरुको जिल्ला अस्पतालमा पोष्टमाटर्म गरी अन्त्यष्टीका लागि मुलघाट लगिएको थियो ।

छानविन टोलीद्वारा काम सुरु

बस दुघर्टनाको विषयमा छानविन गर्न पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले गठन गरेको अन्तरीक छानविन टोलीले अनुसन्धान सुरु गरेको छ।

प्रहरी निरिक्षक प्रकास गुप्ताको नेतृत्वमा ३ सदसीय छानविन टोलीले घट्नास्थलको मुचुल्का तयार गर्ने, दुघर्टनाको कारण, भौगोलिक अवस्थाको विषयमा प्रतिवेदन तयार गर्ने कार्य सुरु गरेको क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख पवनकुमार गिरीले बताए । छानविन टोलीलाई धनकुटाका ट्राफिक प्रहरी कार्यालय प्रमुख असई सुरेन्द्र खड्का लगायतले सहयोग गरिरहेका छन् ।
    
संखुवासभाको मुडेशनिसरेबाट १८ जना यात्रु बोकेर धरानका लागि छुटेको गाडी दुघर्टनाको कारण पत्ता लगाएर थप कारवाही अगासड बढाउन छानविन टोलीको प्रतिवेदनले सहयोग गर्ने क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख गिरीले बताए।

 

प्रकाशित: १४ श्रावण २०७३ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App