coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सटीको फराकिलो जित

लन्डन- रहिम स्टर्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले शनिबार क्रिस्टल प्यालेसमाथि ५–० को जित हात पारेको छ । सिटीसँग स्तब्ध प्यालेसको जारी इङ्लिस प्रिमियर लिगमा यो लगातार छैटांै हार हो ।
घरेलु मैदान इत्तिहाद रंगशालामा सम्पन्न खेलको ४४औं मिनेटमा लोरी सेनले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । सेनले डेभिड सिल्भाको पासलाई पोस्टको दिशा दिएका थिए ।
५१औं मिनेटमा स्टर्लिङले सेनको पासमा गोल गर्दैै सिटीको अग्रता दोब्बर पारेका थिए । ५९औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बढाएका थिए । उनले सर्जियो अग्विरोको पासलाई जाली चुमाएका थिए ।
७९औं मिनेटमा अग्विरोले गोल गर्दै टोलीको अग्रता ४–० मा पु¥याएका थिए । अनमार्क रहेका अग्विरोले सेनको पासलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
७९औं मिनेटमा सिल्भाको पासमा फाबियान डेल्फले गरेको गोलमा सिटीले सानदार जित पक्का गरेको हो ।
‘पहिलो हाफमा हाम्रो प्रदर्शन सोचेजस्तो रहेन,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘दोस्रो हाफमा हामीले स्वाभाविक प्रदर्शन ग¥यांै । लोरी सेनले गरेको पहिलो गोल महŒवपूर्ण थियो ।’
यस जितपछि  ६ खेलको समाप्तिमा १६ अंक जोडेको सिटी शीर्ष स्थानमा यथावत् छ । समान खेलमा समान १६ अंक जोडे पनि म्यानचेस्टर युनाइटेड गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ ।
युनाइटेडले साउथह्याम्पटनलाई पराजित गर्दै शीर्षताको दौडमा सिटीसँग अंक बराबर गरेको हो ।
स्ट्राइकर रोमेलु लुकाकुले २०औं मिनेटमा गरेको निर्णायक गोलप्रेरित युनाइटेडले साउथह्याम्पटनलाई १–० ले पराजित गरेको हो । एस्ले योङको पासमा आफैंले गरेको प्रहार साउथह्याम्पटनका गोलकिपर फासर फोस्टरले रोक्दा रिबाउन्डमा प्राप्त बललाई लुकाकुले पोस्टको दिशा दिएका हुन् । जारी सिजन उनको यो छैटांै गोल हो ।
‘सधैं क्षमताअनुसारको प्रदर्शन गर्न सकिन्छ भन्ने छैन, तर पनि हामीले कडा चुनौती दियौं,’ युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘यो कठिन खेल थियो तर म खुसी छु ।’
यता अल्भारो मोराटाको ह्याट्रिकप्रेरित चेल्सीले स्टोक सिटीलाई ४–० ले पराजित गरेको छ ।
खेलको दोस्रो मिनेट बित्दा सिजर अज्पिल्युकेइटाको पासमा मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
३०औं  मिनेटमा पेड्रो रोडरिग्वेजले गोल गोर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए ।
७७आंै र ८२औं मिनेटमा गोल गर्दै मोराटाले ह्याट्रिक पूरा गर्दा चेल्सीले सहज जित हात पारेको हो ।
यस जितपछि ६ खेलको समाप्तिमा १३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत् छ ।
त्यस्तै शनिबार सम्पन्न अर्को खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–२ ले पराजित गरेको छ ।
१५औं मिनेटमा मोहम्मद सालाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो भने ३३औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।
४५औं मिनेटमा सिन्जे ओकाजाकीले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।  ६८औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुलको अग्रता ३–१ मा पु¥याएका थिए  ।
७२औं मिनेटमा जेमी भार्डेले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर भार्डे त्यसको एक मिनेटपछि प्राप्त पेनाल्टीमा गोल गर्न चुक्दा लेस्टरले खेल बराबरीमा ल्याउने सुनौलो अवसर खेर फालेको थियो ।
सिमोन मिगोलेटले भार्डेलाई पेनाल्टी बक्समा खराब फाउल गर्दा लेस्टरले पेनाल्टीको अवसर पाएको थियो ।
यस जितपछि ६ खेलको समाप्तिमा ११ अंक जोडेको लिभरपुल पाँचांै स्थानमा छ । समान ११ अंक भए पनि टोटेनह्याम गोलअन्तरमा चौथो स्थानमा छ ।
शनिबार सम्पन्न अन्य खेलमा एभर्टनले बर्नामाउथ र वाट्फोर्डले स्वान्सी सिटीलाई समान २–१ गोलअन्तरमा पराजित गर्दा बनर्ली र हर्डल्सफिल्ड टाउनले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित: ९ आश्विन २०७४ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App