८ वैशाख २०८१ शनिबार
राजनीति

‘विश्वबाट आतंकवाद उन्मूनल चुनौती’

अमेरिका- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व आतंकवाद उन्मूलन गर्नु नै अहिलेको चुनौती रहेको बताएका छन् । देउवाले संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई शनिबार न्युयोर्कमा सम्बोधन गर्दै आतंकवादको समाधानबाट मात्रै विश्वमा शान्ति र विकास सम्भव भएकोमा जोड दिएका हुन् । उनले यसका लागि सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा विश्वका विभिन्न मुलुकमा शान्ति सेना पठाएर नेपालले विश्वशान्ति स्थापनामा पहल गरिरहेको प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘भने नेपालमा रहेको दक्षिण एसियाली शान्ति प्रशिक्षण केन्द्रमार्फत विश्व शान्तिका लागि लगातार काम भइरहेको छ ।’ शान्ति प्रक्रियामा थप सुरक्षाकर्मी पठाउन नेपाल तयार रहेको उनले बताए । प्रधानमन्त्री देउवाले राष्ट्रसंघको उच्च पदमा नेपाली सेनाको पनि सहभागिता रहनुपर्नेमा जोड दिए ।
 
प्रधानमन्त्री देउवाले विकाससँगै विविध चुनौती थपिएको धारणा प्रस्तुत गर्दै  सबैभन्दा ठूलो चुनौती अतिवाद र आतंकवाद नै रहेको बताए ।

कोरियाली प्रायद्वीपमा देखापरेको समस्या समाधानका लागि नेपाल सदैव तयार  रहेको भन्दै देउवाले तनावको समाधान वार्ता नै भएको बताए । आतंकवाद अन्त्यका लागि नेपाल जुनसुकै सहयोग गर्न पनि तयार रहेको उनले बताए ।
यसअघि प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय रहेको बताएका थिए । उनले नेपाल अब राजनीतिक स्थायित्वतर्फ अघि बढेको बताएका थिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी प्रधानमन्त्रीको सम्बोधनका क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र अधिकारी र अमेरिकामा रहेका नेपालीको उपस्थिति थियो ।

प्रकाशित: ९ आश्विन २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App