म्याद नाघेकाे औषधि खुवाउने चिकित्सक पक्राउ

शुक्रबार, १४ साउन २०७३, १७ : २८ नागरिक

गौशाला– महोत्तरीको श्रीपुर गाविसमा क्षयरोगका बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

प्रहरीका अनुसार २०७३ जेठ ६ गते का दिन श्रीपुर–९ बस्ने सन्तोष झाका छोरा छ वर्षीय सर्वेश झालाई क्षयरोग भएकामा औषधि उपचार गराउन स्वास्थ्य चौकी श्रीपुरमा लैजाँदा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सिअहेब रामकिशोर साहले चेकजाँच गरी औषधि उपचार गर्ने क्रममा क्षयरोगको म्याद सकिएको औषधि सेवन गर्न दिएका थिए।

बिरामी झाले औषधि सेवनपछि पनि रोग निको नभएपछि औषधि जाँच गराउँदा सो औषधिको मिति सिद्धिइसकेको बिरामीका बुबा सन्तोष झाले कालोबजारी मुद्दामा कारबाही गरी पाऊँ भन्ने बेहोराको जाहेरी दरखास्त यही साउन १२ गते इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा दिएका थिए।

स्वास्थ्य चौकी श्रीपुरमा खानतलासी गर्दा उक्त औषधिको म्याद केही महिनाअघि नै सकिएकाले २५२ ट्यावलेट बरामद भएकामा सोको बरामदी मुचुल्का गरी निज सिअहेब राजकिशोर साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए। रासस

 







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...