coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गहना चोरी गर्ने पक्राउ

बुटवल –  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। 

प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपालिका– ६ भैयाटोल बस्ने गीतादेवी विकको घरभित्र पसेर स्टिल दराज तोडी चोरी गरेको अभियोगमा रुपन्देही, सिद्धार्थनगर नगरपालिका– ६ बस्ने २२ वर्षीय सुमिन सिंहलाई चोरीका गरगहना र नगदसहित सिद्धार्थनगर– ६ भैयाटोलबाट पक्राउ गरी सार्वजनिक गरिएको हो। 


अभियुक्तका साथबाट प्रहरीले दुई थान छिनेको पोतेसहितको सुनको जन्तर, एक थान छिनेको पोतेसहितको सुनको मंगलसूत्र, एक थान सुनको चन्द्रमा थान, दुई थान पत्थरसहितको सुनको औठी, एक एक जोर सुनको झुम्का र मुन्द्रा तथा एक जोर सुनको टपसहित रु १३ हजारसमेत बरामद भएको जनाइएको छ। 

प्रकाशित: ८ आश्विन २०७४ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App