coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री

त्रिशूली –  दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । 

विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ। 

हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन्। 

कृषि प्रधान मुलुकमा दशैँका लागि आवश्यक खसीबोकाको विकल्पमा चीनबाट आउने भेडाच्याङ्ग्रा रहेकाले तुप्चेका सहकारीले पछिल्लो पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन्। खसीबजार तथा कृषिउपज मेलामा खसीपालक किसान तथा उपभोक्ताको भीड लागेको थियो। 

खसीबोका बिक्रीको मेलासँगै किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य सामग्रीसमेत बिक्री भएको आयोजक संस्था किसान र उपभोक्तालाई लक्षित गरी गाउँमै पालेको खसी समान मूल्यमा खरिद गरेर वडादशैँलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाएको आयोजकमध्येका साविम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिए। 

सहकारी संस्थाले अन्य सामग्री बिक्रीका लागि राखिने निःशुल्क कक्ष उपलब्ध गराएको मेलामा खसी बिक्रीका लागि आउने कृषकलाई सम्मानसमेत गरेको थियो। 

मेलामा २० किलोग्रामसम्मको खसीबोकाको प्रतिकिलोग्राम रु ३८०, २० देखि २४ केजीसम्मको प्रतिकेजी रु ४००, २५ देखि ३० केजीसम्मको प्रतिकेजी रु ४३०, ३० देखि ४० केजीसम्मको प्रतिकेजी रु ४४० र ४१ केजीभन्दा माथिको खसीबोकाको प्रतिकेजी रु ४५० मूल्य निर्धारण गरी बिक्री गरिएको थियो। 

खसीबजार मेलामा फिकुरीका किसान विष्णु देवकोटाले आफूले खसीबोका मेलामा २० वटा खसी बिक्री गरेको जानकारी दिँदै मेलाका कारण आफूले खसी बिक्रीका लागि अन्यत्र बजार खोज्नु नपरेको बताए। 

प्रकाशित: ८ आश्विन २०७४ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App