७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जर्मनीमा मतदान जारी

बर्लिन – जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन्। मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ। 

जर्मन चान्सलर एङ्गेला मर्केलको लागि लागि महवपूर्ण परीक्षणका रुपमा हेरिएको यस निर्वाचनमा उनले चौँथो कार्यकालका लागि उम्मेदवारी दिएका छन्। 

निर्वाचनले मर्केलको दल क्रिश्चियन डेमोक्रेटिक यूनियन (सीडीयु)जर्मनीको संसद्मा सबभन्दा ठूलो दलका रुपमा रहन्छ वा अन्य कुनै शक्ति जर्मनीको राजनीतिमा हावी हुने हो जर्मनहरूले निकै व्यग्रताकासाथ हेरेका छन्। 

जर्मनीकै इतिहासमा दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मन संसद ‘बुन्डेसटाग’ मा सवैभन्दा बढी दलले प्रतिनिधित्व गर्नसक्ने अनुमान गरिएको छ। 

प्रकाशित: ८ आश्विन २०७४ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App