७ वैशाख २०८१ शुक्रबार
समाज

पृथ्वीराजमार्गबाट ट्रक खस्दा ३ घाइते

चितवन– दारेचोक गाउँ विकास समिति वडा नं ४ स्थित पृथ्वी राजमार्गबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक शुक्रबार खोलामा खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार वीरगन्जबाट फलामको एङ्गल र काँडेतार लिएर जाँदै गरेको ना५ख ७८९८ नंको ट्रक बिहान १० बजे राजमार्गबाट ६० मिटर तल नाग्दी खोलामा खसेको हो।

दुर्घटनामा परी ट्रकका चालक मकवानपुरको छतीवन गाविस–४ का ३० वर्षीय वीरबहादुर माझी, सहचालक सोही स्थान घर भएका १७ वर्षीय श्रीबहादुर माझी र १७ वर्षीय सुवास तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

 

प्रकाशित: १४ श्रावण २०७३ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App