७ वैशाख २०८१ शुक्रबार
विचार

विस्थापितको दसैँ

साँघुरो बस्ती । थोरै जमिनमा लहरै धेरै टहरा । हरेक घरमा परिवार धेरै । सबैको बासथलो सानो र साघँुरो । सबै अस्थायी जस्तापाताले छाइएको र घेरिएको टहरो । आजकल त दिनहुँ चर्कने घामको ताप सहनै नसकिने । उकुसमुकुस । कष्टकर जीविका । बस्तीमा उज्यालो छैन । बिजुलीको रकम भुक्तानी गर्न नसक्दा प्राधिकरणले उहिल्यै लाइन काटिदियो । खानेपानीका समस्या उस्तै । जग्गा भाडा तिर्न नसकेको वर्षाँै भयो । सरकारले तिरिदिएन । आशामात्र भयो । आफूले तिरौं कहाँबाट ल्याउनु ? दिनहुँ जग्गाधनीको किचलो । यस्तो समस्यामा छन् रसुवाका विस्थापित । नियति भनौँ कि बाध्यता, विभिन्न समयमा आउने चाडबाडले गरिब, दुःखी र विस्थापित नभन्ने रहेछ । धनी गरिब नभन्ने रहेछ । उसलाई आइदियो र गइदियो बस् । टार्नु÷पु¥याउनु मान्छेको नियति ।
घुम्दै फिर्दै फेरि दसैँ आयो । यो पनि बित्नेछ उसैगरी जुन शिविरमै यसैगरी २ पटक बित्यो । यसपालि पनि भूकम्पपीडित नमीठोसँग अस्थायी शिविरमै दसैँ मनाउँदैछन् । उनीहरूको नयाँ घरमा बसी दसैँ मनाउने सपना कहिले पूरा हुने हो ? अन्योलै छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले आफ्नो पुख्र्यौली थलोमा नराम्ररी क्षति पु¥याएपछि विस्थापित भएका परिवारले ३ वटा दसैँ अस्थायी शिविरमै कष्टकर साथ बिताउनु बाध्य हुनुपरेको छ । न आम्दानी छ न उत्पादन । न रोजगारी छ न त सहयोग । बस् छ त जीवन जीउनको बाध्यता । गाउँमा फर्केर खेतीपाती गर्न पनि पाइएको छैन । जाउा बाटो छैन, पानी छैन र विजुली केही छैन । यता शिविरमा धेरै मानिस एकै ठाउँमा भएकाले भन्नेबित्तिकै काम पनि पाइँदैन । समस्या मात्रै थपिँदै थुप्रै ।
उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा बस्दै आएका विस्थापित अगुवा छेक तामाङ भन्छन्– हामी विस्थापितको नियति नै यस्तै भइसक्यो । आशैआशामा यतिका समय बितिसक्यो । सबैको अवस्था नाजुक छ । कोही मजदूरी गरी ल्याई परिवारको जीविकोपार्जन गरिरहेका छन्, आफन्तजन गुमे, परिवारजन गुम्यो । चाडबाड आउँदा अन्य बेलाभन्दा आवश्यकता बढी हुन्छ । माछा, मासु र मीठो खान र लाउन मन लाग्छ, बच्चाहरू कराउँछन्, माग्छन्, आम्दानी नहुनेले कसरी टार्नु÷पु¥याउनु ? छेकु भन्छन्– पहिले घरमा हुँदा बाहिर गएर कमाएर ल्याएर भए पनि चाडबाड टार्ने गरिएको थियो, रौनक थियो । शिविरमा त त्यस्तो केही छैन ।  
रसुवा जिल्लाका विभिन्न गाउँबाट ५४८ परिवार विस्थापित भई आफ्नो थातथलोबाट बाहिर बसोबास गरिरहेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरेको सर्वेक्षणले देखाएको छ । रसुवाका विस्थापितहरू जिल्लाकै उत्तरगया गाउँपालिका ५ को बोगटीटार, नौवीसे, खाल्टेलगायतका ठाउँमा बसोबास गरिरहेका छन् । यस्तै केही परिवार नुवाकोट जिल्लाको सदरमुकाम नजिक पपिलटार, वेत्रावती, शान्तिबजार, सातबीसे र रसुवा सदरमुकाम धुन्चे क्षेत्रमा छरिएर बसेका छन् । उनीहरूले भूकम्प गएयता यसरी विस्थापित शिविरमा बसोबास गर्दै आइरहेका हुन् ।
भूकम्प आयो गयो तर यसको असर अझै पुरिन सकेको छैन । बसोबास थलो तहस–नहस हुन पुग्यो । आफ्नो गाउँमा बसोबास गर्न नसकिने गरी जमिन चिराचिरा भएपछि बास÷थलो नमीठो मनले छोड्नुप¥यो । यसरी आफ्नो बासथलो गुमाएकाहरू सरकारी सहयोगमा अझै अथक आशा गरिरहेका छन् । उनीहरू व्यक्तिको जग्गा भाडामा लिई बसेका थिए । एक वर्षभित्रै पुनर्वास हुने सपना थियो तर अब त तीन वर्ष पुग्न लाग्यो । जग्गाधनीहरूले चर्को भाडा लिन्छन्, आफ्नो रोजगारी छैन । त्यसैले विस्थापित परिवार भन्छन्– बालबालिकासमेत भोकै बस्नुपर्ने बाध्यतामा केको चाड ? शिविरमा बसेका भूकम्पपीडितलाई अन्य मानिससरह व्यवहार नगरिएको गुनासो पनि उनीहरूको छ ।

प्रकाशित: ८ आश्विन २०७४ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App