coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सात स्थानीय तह जित्दै राजपा बन्यो महोत्तरीमा ठूलो दल

महोत्तरी- महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको छ। पिपरा गाउँपालिका र मनरासिस्वा नगरपालिकामा बाँकी रहेको मतगणना परिणामा आइतबार बिहान सम्पन्न भएपछि जिल्लाको १५ वटै स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किरण पोख्रेलले बताएका छन्।

पिपरा गाउपालिका र मनरा सिंस्वा नगरपालिका दुवैमा राजपा नेपालकै उम्मेदवार विजयी भएका छन्। पिपरा गाउँपालिका प्रमुखमा राजपा नेपालका विनोदकुमार चौधरी २ हजार ७ सय ७५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विक्रम चौधरीले १ हजार ८ सय ७३ मत प्राप्त गरे।

उपप्रमुखमा राजपाकै ननु कुमारी दासले २ हजार ५ सय ७३ मत ल्याई विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेखादेवी साहले २ हजार १७ मत प्राप्त गरिन्।

त्यस्तै मनरा सिस्वा नगरपालिकाको मेयर पदमा राजपा नेपालको संजयकुमार सिंह ४ हजार २ सय २८ मत र उपमेयर पदमा राजपा नेपालकी रमिता प्रधानले ४ हजार ३४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका महेन्द्र राय ३ हजार १९ र उपमेयरका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी हजार खातुनले २ हजार ६ सय ६८ मत प्राप्त गरे।

आइतबार बिहानसम्म सम्पन्न भएको महोत्तरीको १५ वटै स्थानीय निकायमध्ये नेपाली कांग्रेसले महोत्तरीमा काग्रेसले ३, माओवादीले ४ राजपाले ७ र संघीय समाजवाजवादी फोरमले एक स्थानमा विजयी भए।

प्रकाशित: ८ आश्विन २०७४ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App