coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पत्रकारिताबाट राजनीतिमा फड्को

 

महेशकुमार दास/रितेश त्रिपाठी

महोत्तरी/वीरगन्ज- मटिहानी नगरपालिकाको मेयरमा पत्रकार हरिप्रसाद मण्डल निर्वाचित भएका छन् । राजपाका उम्मेदवार उनी  तीन हजार चार सय ४ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहम्मद मुजिबुल रहमानले एक हजार ५ सय ९७ मत प्राप्त गरे ।
मटिहानी–७ का बासिन्दा मण्डल बूढापाकादेखि युवा पुस्ता सबैमाझ लोकप्रिय भएकै कारण निर्वाचित हुन सफल भएको  शैलेन्द्र मण्डलले बताए ।
तत्कालीन चारवटा गाविस (सिमरदही, मझौरा विष्णपुर, धिरापुर र मटिहानी) मिलेर बनेको मटिहानी नगरपालिका मुस्लिम बाहुल्य छ । एमालेले मुस्लिम मत तान्न सो समुदायका मोहम्मद मुजिबुल राइनलाई उम्मेदवार बनाए पनि सफलता मिलेन
 २०७० सालदेखि शरतसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका मण्डल संविधानसभा दोस्रो निर्वाचनमा क्षेत्र नं ३ बाट उम्मेदवार थिए ।
‘मत पैसाले होइन, मतदाताको मन जितेर  लिनुपर्छ’, मण्डलले भने, ‘चुनाव खर्चिलो र भड्किलो तरिकाले जितिँदैन ।’

उनी नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाको तीन कार्यकाल अध्यक्ष भएका छन् । तथ्य साप्ताहिक पत्रिकाको सहसम्पादक भएर पत्रकारितामा प्रवेश गरेका मण्डलले राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनको महोत्तरी संवाददाता भएर पनि काम गरेका छन् ।
मण्डल प्रबल जनसेवा श्री र गोरखा दक्षिणबाहु चौथोबाट विभूषित छन् । मण्डलसँग प्रेस काउन्सिल र पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य भएर काम गरेको अनुभव पनि छ । मण्डलले भने, ‘मेयरमा जित मेरो होइन, जनताको हो । अब मटिहानी नगरको विकासमा लाग्छु । प्रमुख लक्ष्य सडक, भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषिको विकास गर्नु हो । मटिहानीको मतदाता संख्या १५ हजार ८३ छ ।

प्रकाशित: ८ आश्विन २०७४ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App