coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपा र संघीय फोरम सन्तोषजक, फोरम लोकतान्त्रिकमा निराशा

काठमाडौं- स्थानीयत तहको दुई नम्बर प्रदेशको चुनावको प्रारम्भिक परिणामलाई राजपा र संघीय फोरमले सन्तोषजनक मानेका छन् भने फोरम लोकतान्त्रिक चुनावी नतिजबाट निराश भएको छ ।
चुनावको समीक्षा गर्न शनिबार राजपा अध्यक्ष मण्डलको बैठक बसेको थियो । यसैगरी फोरम लोकतान्त्रिकले पनि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।
राजपाको अध्यक्ष मण्डलको बैठकले प्रारम्भिक परिणाम अपेक्षाकृत् नभए पनि सन्तोषनजक भएको निष्कर्ष निकालेको नेताहरूले बताएका छन् । राजपा चुनावमा जाने वातावरण सरकारले ढिलो निर्माण गरेको, जिल्ला तहमा ६ पार्टीको संयोजन राम्रोसँग हुन नसकेको, टिकट वितरण अवैज्ञानिक भएको, प्रचारप्रसार गर्न पर्याप्त समय नभएको आदि कारण देखाउँदै अध्यक्ष मण्डलका सदस्यहरूले प्रारम्भिक परिणाम अपेक्षाकृत् हुन नसकेको जनाएका छन् ।
अध्यक्ष मण्डलका सदस्य शरत्सिहं भण्डारीले चुनावको प्रारम्भिक परिणाम पार्टीले सोचेजस्तो नभएको बताए । ‘परिणाम सन्तोषजनक नै छ । तर हामीले अझै राम्रो परिणाम आउने अपेक्षा गरेका थियौं,’ उनले भने । अहिलेसम्मको परिणाम हेर्दा दुई नम्बर प्रदेशमा राजपाले २५ सिट नघाउने विश्लेषण राजपाका नेताहरूले गरेका छन् । ‘अहिलेसम्मको परिणाम हेर्दा हामीले २५ भन्दा माथि ल्याउने प्रारम्भिक अनुमान गरेका छांै । तयारी गर्न समय अपुग रह्यो,’ भण्डारीले भने ।
पार्टी कार्यालय बबरमहलमा  बसेको अध्यक्ष मण्डलको बैठकमा आगामी चुनावी तयारीबारे पनि छलफल भएको नेताहरूले बताएका छन् ।
यसैगरी  फोरम लोकतान्त्रिकको कार्यसम्पादन  समितिले २ नम्बर नम्बर प्रदेशमा प्रारम्भिक परिणाम निराशाजनक भएको निष्कर्ष निकालेको कार्यसम्पादन समितिका नेताहरूले बताका छन् ।
‘हामीले दुई नम्बर प्रदेशमा कम्तीमा १५ सिट ल्याउनुपथ्र्यो, तर परिणाम निकै कम छ,’ कार्यसम्पादन समितिका सदस्य पवनकुमानर सारडाले भने । स्रोतका अनुसार कार्यसम्पादन समिति बैठकमा २ नम्बर प्रदेशमा पार्टीले कम सिट ल्याएकोमा पार्टी केही नेताहरूले अध्यक्ष विजय गच्छदारको कार्यशैलीको आलोचना गरेका थिए ।
यसैबीच चुनावको समीक्षा गर्न संघीय फोरम नेपालले सोमबार पदाधिकारीको बैठक बोलाएको छ  । फोरम नेपालका नेताहरूले भने पार्टीले ल्याएको प्रारम्भिक परिणाम निराशाजनक नभएको बताएका छन् । ‘हामीले अझै राम्रो परिणाम ल्याउन सक्थ्यांै । अहिले जुन परिणाम आएको छ, त्यो निराशाजनक छैन,’ पार्टीका कोषाध्यक्ष विजय यादवले भने ।

 

प्रकाशित: ८ आश्विन २०७४ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App