७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मार्केलद्वारा जर्मनको शरणार्थी नीतिको बचाउ

बर्लिन— जर्मन चाल्सलर एन्जेला मार्केलले आफ्नो देशको शराणार्थी नीतिको बचाउ गरेकी छन्।
हालैका दिनमा जर्मनमा भएको लगातार चार आतंककारी आक्रमणपछि जर्मले आफ्नो शरणार्थी नीतिमा तत्काल परिवर्तन गर्नुपर्ने आवाज उठ्दै आएको छ।

जर्मनीमा विशेषतः सिरीयामा भइरहेको गृहयुद्धबाट विस्थापित नागरिकहरुलाई शरणार्थीका रुपमा आश्रय दिँदै आएको छ। त्यसको दबाबस्वरुप फ्रान्स र बेलायतसँगै  अन्य युरोपेली राष्ट्रले समेत गृहयुद्धबाट विस्थापित भई शरणार्थी भएकालाई केही मात्रामा आश्रय दिँदै आएको छ।

बिहीबार पत्रकार सम्मेलमा बोल्दै मार्केलले भनिन्, ‘हाम्रो नीति अन्यायमा र दुःखमा परेका शरणार्थीलाई आश्रय दिने हो र कुनै एक आतंककारी समुहलाई मन नपर्दैमा हामी हाम्रो शरणार्थी नीतिमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौं।’

उनले आफ्नो नीति परिवर्तन गर्नुको साटो आफ्नो सुरक्षा नीतिमा भने केही कडाई गरीने बताइन्। उनले भनीन्, ‘जर्मनमा आश्रय लिइरहेका शरणार्थीले आदानप्रदान गरेका सूचनामा निगरानी गर्न सकिनेछ साथै इन्टरनेटको माध्यमबाट हुने हातहतीयारको बेचविखनमा समेत कडाइ गरिने छ।

 

प्रकाशित: १४ श्रावण २०७३ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App