८ वैशाख २०८१ शनिबार
समाज

कञ्चनपुरमा बस पल्टिँदा १० जना यात्रु घाइते

कञ्चनपुर –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन्। 

धनगढीबाट महेन्द्रनगरतर्फ द्रुत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए। 

घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते हुनेमा बाजुराका २६ वर्षीय गौरी बोहरा, ४२ वर्षीय तुलाराम जोशी, ३५ वर्षीया लीला थापा, उनकै डेढ वर्षीय छोरा सुमन थापा, ३६ वर्षीय दुर्गा जोशी घाइते भएका छन्। 

यसैगरी, घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका ३५ वर्षीय जयराज भट्ट, ५५ वर्षीय जयबहादुर काफ्ले, ६२ वर्षीय खडकराज जोशी गोदावरी नगरपालिकाका ५५ वर्षीय दलबहादुर विष्ट र ३७ वर्षीय दानसिंह धामी रहेका छन्। यात्रुमध्ये दुर्गा जोशीको अवस्था गम्भीर रहे पनि अन्यको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वाथ्यकर्मीले बताएका छन्। बसका चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन्। 

प्रकाशित: ७ आश्विन २०७४ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App