१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहमतीय सरकारको ढोका काँग्रेसले बन्द गरेको हाे– मन्त्री राई

विराटनगर– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने बताए।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का नेता समेत रहेका उनले मुख्य ठूला पार्टी सरकारमा सहभागी हुनुहुँदैन भन्ने काँग्रेसको अडानका कारण सहमतिको ढोका बन्द भएको स्पष्ट पारे।

वर्तमान सरकारले ल्याएको कार्ययोजना र कार्यतालिकामा परिवर्तन गरेर भए पनि निर्धारित समयमै स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने उल्लेख गरे। नेकपा (एमाले) प्रमुख प्रतिपक्षमा बस्ने र अब बन्ने सरकार कसरी अगाडि बढ्छ सोहीअनुरुप आफनो पार्टी प्रस्तुत हुने बताए।

उनले संविधान च्यातने, जलाउने र संविधानको पुनःलेखनको माग गर्ने पार्टीसँग काँग्रेस र नेकपा (माओवादी) केन्द्रले साठगाठ गरेकाले यो गठबन्धन धेरै दिन नटिक्ने दाबी गरे।

मन्त्री राईले वर्तमान सरकारले नेपाली जनताको मन जितिसकेकाले संविधानको सफल कार्यान्वयन र मुलुकका हितका लागि प्रतिपक्षमा बसेर भए पनि एमालेले सक्दो सहयोग गर्ने बताए। रासस

प्रकाशित: १४ श्रावण २०७३ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App