८ वैशाख २०८१ शनिबार
राजनीति

भंगहा र एकडरामा राजपा विजयी

गौशाला –  महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ। 

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी भएका छन्। त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी भएका छन्। 

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका ओमशंकर यादवले तीन हजार ७६६ र राजनारायण साहले तीन हजार ६६ मत ल्याएका छन्। 

त्यसैगरी एकडारा गाउँपालिका अध्यक्षमा राजपाकै रामछविला साह दुई हजार ३१८ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सोही दलकी महजवी खातुन दुई हजार २५२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पोखरेल बताए ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वीमा क्रमशः संघीय समाजवादी फोरम नेपालका दीपनारायण मण्डलले एक हजार ९६८ र निर्मलाकुमारी यादवले एक हजार ९९५ मत ल्याएका छन्। 

प्रकाशित: ७ आश्विन २०७४ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App