coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कमलामा कांग्रेस, मिथिलामा एमाले र विदेहमा माओवादी विजयी

विदेह नगरका नवनिर्वाचित जनप्रतिनिधिहरु ।

जनकपुर- धनुषाको कमला नगरपालिकामा कांग्रेस, मिथिला नगरपालिकामा एमाले र विदेह नगरपालिकामा माओवादी प्यानल विजयी भएको छ।

कमलाको मेयरमा कांग्रेसका रामउद्गार गोइत र उपमेयरमा शिलादेवी मण्डल विजयी भएका छन्। उनीहरुले क्रमशः ४ हजार २० र ४ हजार १ सय ६ मत पाएका छन्।

दुवै पदमा फोरम नेपालका उम्मेदवार निकटतम प्रतिद्वन्दी भएका छन्। फोरमका पशुपति यादवले २ हजार ६ सय ९७ र रितासिंह मण्डलले २ हजार ६ सय ७ मत पाइन्।

मिथिला नगरपालिकाको मेयरमा एमालेका हरिनारायण महतोले ६ हजार ७ सय ४० र उपमेयरमा एमालेकै ताराकुमारी बस्नेतले ६ हजार ६ सय ६५ मत प्राप्तगरी विजयी भएका छन्। महतोको निकटतम प्रतिद्वन्दी कांग्रेसका राजकुमार महतोले ५ हजार १ सय ७८ र उपमेयरमा माओवादीका मनिषजर्घा मगरले ६ हजार ३ सय ३८ मत प्राप्त गरे।

विदेह नगरपालिकामा माओवादीका बेचन दासले २ हजार ७ सय ७० र उपमेयरमा माओवादीकै निलमदेवी मण्डलले २ हजार ६ सय ४९ मतका साथ विजयी भएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्दी कांग्रेसका प्रेमचन्द्र झाले २ हजार ६ सय १४ र रुवीदेवी मण्डलले २ हजार ५ सय २१ मत पाए।

प्रकाशित: ७ आश्विन २०७४ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App