देउवाद्वारा सार्क सदस्य राष्ट्रका प्रमुखसँग वार्ता

शनिबार, ०७ असोज २०७४, ०९ : ४२ नागरिक

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग साइड लाइन भेटवार्ता गरेका छन् ।
देउवाले बिहीबार अफगानस्तिानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बासीसँग द्विपक्षीय वार्ता गरेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ । भेटमा आपसी हित र अन्तर्राष्ट्रिय साझा मुद्दामा छलफल भएको नियोगको विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानका राष्ट्रपति घानीसँगको भेटमा आपसी सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका नेताले जोड दिएका थिए । त्यस्तै बंगलादेशकी प्रधानमन्त्री बाजेदसँगको भेटवार्तामा दुई देशबीच यातायात कनेक्टिभिटी बढाउने सम्बन्धमा छलफल भएको जनाइएको छ । ऊर्जा सहयोग र नेपालको जलविद्युतमा संयुक्त लगानी गर्ने विषयमा पनि दुई प्रधानमन्त्रीले छलफल गरेको नियोगले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री अब्बासीसँगको भेटमा पनि द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल भएको जनाइएको छ । भेटमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको शिखर सम्मेलन सदस्य राष्ट्र तयार हुनेबित्तिकै आयोजना गर्न आफ्नो देश तयार रहेको बताएका थिए ।
श्रीलंकाका राष्ट्रपति सिरिसेनासँग दुई देशबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धका विषयमा छलफल भएको नेपाली नियोगले जनाएको छ । यस वर्ष दुई देशबीचको दौत्य सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा व्यापार, पर्यटन र आर्थिक सहयोगलाई थप मजबुत बनाउनुपर्नेमा दुवै प्रधानमन्त्रीले जोड दिएका थिए ।
प्रधानमन्त्री देउवाले बिहीबारै कोलम्बियन युनिभर्सिटीको ‘वल्र्ड लिडर्स फोरम’ लाई सम्बोधन गरेका थिए । उनले नेपालको पछिल्लो राजनीतिक अवस्था र सामाजिक आर्थिक विकासबारे मन्तव्य दिएका थिए । उनले समावेशी लोकतन्त्र र विकासको मार्गमा नेपालको यात्राबारे पनि जानकारी गराएका थिए ।

राष्ट्रसंघको बधाई
संयुक्त राष्ट्रसंघले स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाली जनतालाई बधाई दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सका तर्फबाट उनका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनलाई महŒवपूर्ण कदम भएको बताएका छन् ।
मंसिरमा हुने केन्द्र र प्रदेशको निर्वाचन पनि शान्तिपूर्ण र समावेशी बनाउन राष्ट्रसंघका महासचिवले नेपाल सरकार र राजनीतिक दललाई प्रोत्साहित गरेका छन् । समावेशी र सहभागितामूलक शासनको सिद्धान्तका आधारमा संविधान कार्यान्वयनलाई निरन्तरता दिन उनले सबै सरोकारवालालाई आग्रह गरेका छन् । यस्तो प्रयासलाई सहयोग गर्न राष्ट्रसंघ सधैं तयार रहने उनले जनाएका छन् ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad