४ वैशाख २०८१ मंगलबार
समाज

गोरखाको प्रहरी हिरासतबाट भागे तीन अरोपी

गोरखा- जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट गएराती तीन जना आरोपी भागेका छन्। सार्वजनिक अपराधमा सजाय भोगिरहेका गोरखा नगरपालिका ६ का दिपेस मजाकोटी, भिमसेन गाउँपालिका ३ तान्द्राङका अभिषेक अधिकारी र सन्दिप सुर्खेती सौचालयको झ्यालबाट भागेको प्रहरी निरीक्षक रामचन्द्र शाहाले बताए।

मजाकोटी गत १८ गते देखि र अधिकारी र सुर्खेती पाँच गतेदेखि प्रहरी नियन्यत्रणमा थिए। शुक्रबार उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो। सौचालयको झ्यालमा रहेको रड निकालेर उनीहरु भागेको प्रहरीले जनाएको छ।

गएरातिदेखि नै खोजी भइरहेको बताए पनि भागेकाहरुलाई प्रहरीले अहिलेसम्म भेट्न सकेको छैन। प्रहरी निरीक्षक शाहाका अनुसार हिरासतबाट भाग्नेहरुको खोजीका लागि सदरमुकाम र आसपासका क्षेत्रमा प्रहरी परिचालन बढाइएको छ। हिरासतबाटै प्रहरीको घेरा तोडेर भागेको घटना गोरखाको लागि नयाँ हो।

 

 

प्रकाशित: ७ आश्विन २०७४ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App