coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लहानमा एमाले, गोलबजारमा माओवादी, लक्ष्मीपुरपतारी र वरियारपट्टीमा फोरम विजयी

लहान नगरपालिकाका निर्वाचित मुनी साह। तस्बिर : मिथिलेश यादव

 

लहान- तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना परिणामअनुसार लहान नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयर उम्मेदवार मनुी साह सुडीले प्रतिस्पर्धी नेकपाली कांग्रेसका मेयर उम्मेदवार अचमितलाला चौधरीलाई २१६९ फराकिलो मतअन्तरले पराजित गरेको छ।

साहले ११३०७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी चौधरीले ९१३८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसैगरी एमालेबाट उपाध्यक्ष उम्मेदवार सरियार कुमारी चौधरीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार पुनम चौधरीलाई १२६२ मतअन्तरले पराजित गरेकी छन्। सरियारले १११६८ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी पुनमले ९९०६ मत ल्याएकी छन् ।

गोलवजार नगरपालिकामा माओवादी केन्द्र विजयी

त्यस्तै गोलवजार नगरपालिकामा माओवादी केन्द्र भएको छ। माओवादी केन्द्रबाट नगरपालिकाका मेयर उम्मेदवार देवनाथ साहले प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार श्याम श्रेष्ठलाई १३५४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। साहले ६४४३ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी श्रेष्ठले ५०८९ मत ल्याएका छन्।

उपमेयरमा माओवादी केन्द्रकी रेश्मा कुमारी थापाले प्रतिस्पर्धी एमालेकि सुनितादेवी सिंहलाई १४२४ मतको फरकिलो अन्तरले परजित गरेकी छन्। थापाले ६३४९ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी सिंहले ४९२५ मत ल्याएकी छन्।

लक्ष्मीपुरपतारी गाउँपालिकामा फोरम विजयी

लक्ष्मीपुरपतारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ। फोरमबाट अध्यक्ष उम्मेदवार रामवल्लव साहले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार चतुरानन्द ठाकुरलाई ७५० मतअन्तरले पराजित गरेका छन्। साहले ४००४ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी ठाकुरले ३२५४ मत ल्याएका छन्। यसैगरी उपाध्यक्षमा फोरमकी आशादेवी यादवले नेपाली कांग्रेसकी अमलादेवी यादवलाई २७५ मतले पराजित गरेकी छन्। आशादेवीले ३६४६ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी अमललाले ३३७१ मत ल्याएकी छन्।

वरियारपट्टी गाउँपालिकामा फोरम विजयी

त्यस्तै वरियारपट्टी गाउँपालिकामा पनि संघीय समाजवादी फोरम विजयी भएको छ। फोरमबाट यो गाउँपालिकाका अध्यक्ष उम्मेदवार सन्तोष साहले प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार बालेश्वर यादवलाई १०९८ मतको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेका छन्। साहले ३९७९ मत प्राप्त गरेका छन भने यादवले २८८१ मत ल्याएका छन्।

उपाध्यक्षमा फोरमकी रेखाकुमारी यादवले कांग्रेसबाट उपाध्यक्ष उम्मेदवार कुमारी यादवलाई ९०८ मतले पराजित गरेकी छन्। रेखाले ३७६३ मत प्राप्त गरेकी छन भने कुमारीले २८५५ मत ल्याएकी छन्।

प्रकाशित: ७ आश्विन २०७४ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App