coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सप्तरीमा काँग्रेस र राजपाबीच चर्को प्रतिस्पर्धा

राजविराज—सप्तरीका सात स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार नेपाली काँग्रेस तीन, राष्ट्रिय जनता पार्टी नेपाल दुई, नेकपा एमाले एक, संघीय समाजवादी फोरम नेपाल एक तहमा विजयी भएका छन्। 

११ वटा स्थानीय तहको मतगणना भइरहँदा संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेसबीच तीब्र प्रतिस्पर्धाको स्थित छ। दुवै दल ३-३ स्थानमा अग्रता लिइरहेका छन्।

११ वटा स्थानीय तहको मतगणना भइरहँदा संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेसबीच तीब्र प्रतिस्पर्धाको स्थित छ। दुवै दल ३-३ स्थानमा अग्रता लिइरहेका छन्। राजपा र नेकपा एमालेले समान २—२ स्थानमा अग्रता लिइरहेका छन्। एक स्थानमा भने  नयाँ शक्तिको अग्रता छ।

संघीय समाजवादी फोरम नेपाल बोदे वरसाईन, बलान विहुल र राजविराज नगरपालिकामा अग्रता कायम गरेको जानकारी प्राप्त भएको छ । त्यस्तै कञ्चनरुप नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र खडक नगरपालिकामा अग्रता कायम गरेको छ । यसैगरी हनुमाननगर कंकालनी नगरपालिका र महदेवा गाउँपालिकामा राजपाको अग्रता देखिएको छ भने छिन्नमस्ता गाउँपालिकामा अग्रता कायम गरेको छ । सुरुगां र शम्भुनाथ नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ । 

विजयी :
१. सप्तकोसी नगरपालिका (मेयर÷उप मेयर) एमालेका उत्तमकुमार शर्माले ३०३९÷आशा चौधरीले ३२२७

२. डाक्नेश्वरी नगरपालिका (मेयर÷उप मेयर) राजपाका शिवनारायण साहले ३८८०÷इन्दुदेवी यादवले ३८५६

३. विष्णपुर गाउँपालिका (अध्यक्ष÷उपाध्यक्ष) नेपाली काँग्रेसका निलाम्बर यादवले २१२४÷काँग्रेसकै जंजिरादेवी यादव २०१८

४. वेल्ही चपेना गाउँपालिका (अध्यक्ष÷उपाध्यक्ष) काँग्रेसका प्रमानन्द यादवले ३५४५÷काग्रेसकै उषादेवी मण्डलले ३४५५

५. रुपनी गाउँपालिकाको (अध्यक्ष÷उपाध्यक्ष) राजपाका हरेराम यादवले ४०६८÷राजपाकै वेचनीदेवी शरदारले ३९३६ 

६. तिरहुँत गाउँपालिकाको (अध्यक्ष÷उपाध्यक्ष) संसफोने का हेमन्त बहरखेरले ३४२÷फोरमकै तिर्थमाया मण्डलले २८०० 

७. अग्निसाईर कृष्णशवरन गाउँपालिकाको (अध्यक्ष÷उपाध्यक्ष) काँग्रेसका परशुराम चौधरीले ३३९५÷मिनादेवी चौधरीले २९४९ 

प्रकाशित: ६ आश्विन २०७४ १६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App