६ वैशाख २०८१ बिहीबार
राजनीति

रौतहटमा स्थानीय तहको नेतृत्वमा एमाले कमजोर

रौतहट-  स्थानीय तहको निर्वाचनमा नेकपा एमाले प्रमुख पदमा रौतहटमा कमजोर देखिएको छ। जिल्लामा रहेको १६ नगरपालिका र २ वटा गाउँपालिकामा सम्पन्न भएको मतगणना अनुसार जिल्लामा अग्रपंक्तिमा नेपाली काँग्रेस छ। उसलाई माओवादी केन्द्र र संघीय समाजवादी फोरमले पछ्याउँदैछ । एमालेले चन्द्रपुरमा उपमेयर र आधा दर्जन वडा अध्यक्षबाहेक नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन।

अहिलेसम्मको मत परिणाम अनुसार एमालेका उम्मेदवार मेयर पदमा निर्वाचित हुने संभावना न्यून छ । रौतहट एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला हो।

११ स्थानको नजिता सार्वजनिक हुँदा ५ स्थानमा काँग्रेस, २ स्थानमा संघीय समाजवादी फोरम नेपाल, २ स्थानमा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र राजपा नेपाल १/१ स्थानमा कब्जा जमाउन सफल भएका छन् । रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाको मेयर पदमा राजपाका अजय गुप्ता र उपमेयरमा किरण ठाकुरले विजय हासिल गरेकी छिन्। गुप्ताले एमालेका शम्भु साहलाई पराजित गरेका हुन्।

       रौतहटको देबाहीगोनाही नगरपालिका संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदबार धर्मेन्द्र पटेल ३२५५ र माओवादी केन्द्रका उपमेयर उम्मेदबार कौशिल्या देबी यादब ३१२९ मत ल्याई बिजयी भए । यस्तै फतुवा बिजयपुरमा नेपाली काग्रेसका मेयरका उम्मेदबार गोपाल राय यादब ३०९९ र  उपमेयरमा माओवादीकी कान्तिदेबीले ३२०३ मत प्राप्त गरी बिजयी भईन ।

       राजदेवी नगरपालिकामा काँग्रेसका धिरेन्द्र सिंहले २७८० मत र उपमेयरमा संघीय समाजवादी फोरम नेपालको उपमेयर अंशु सिंहले २२७९ मत ल्याई निर्वाचित भइन् ।

       यसैगरी चन्द्रपुर नगरपालिकामा काग्रेसका रामचन्द्र चौधरीले ९६८० मत र एमालेका उपमेयर रामरती चौधरीले ९९१६ मत ल्याई बिजयी भएका छन् । गढीमार्ई नगरपालिकामा नेपाली काग्रेसका श्याम बाबु यादब ५४५७ र उपमेयरमा नेपाली काग्रेसकै सुभद्रा गुप्ता ५५५१ मतले बिजयी भइन ।

यमुनामाई गाउपालिकामा भने माओबादीका अध्यक्षका उम्मेदबार श्र्रीप्रसाद मुखिया बीन २१७९ र उपाध्यक्षमा गीता देबी साह २५१४ मत ल्याई निर्वाचित हुन भएको छ भने रौतहटकौ मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रीना कुमारी साह ३९१२ र उपमेयरमा गौरी शंकर प्रसाद ३८७९ मत ल्याई बिजयी भए। यस्तै परोहा नगरपालिकामा नेपाली काग्रेसीका मेयरपदका उम्मेदबार शेष वकिल ६३३० र उपमेयरमा सुगान्धि देबी ६०९८ मतले बिजयी भएकी छिन् । यस्तै ईशानाथ नगरपालिकामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयर पदमा सन्तोष मेहता ५७८५ र उपमेयरमा हुसनी आरा खातुन ५२६० मत प्राप्त गरी विजयी भइन् । 

 मत परिणाम आउन बाँकी रहेको दुर्गा भगवती गाउँपालिका, राजपुर नपा, वृन्दावन नपा, गरुडा नपामा नेपाली काँग्रेस अगाडी छ भने गुजरा र माधवनारायण नपामा राजपा र कटहरियामा संघीय समाजवादी फोरम अगाडी छन् ।

प्रकाशित: ६ आश्विन २०७४ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App