८ वैशाख २०८१ शनिबार
खेल

नेपालको छनौट सम्भावना जिवितै

काठमाडौं– स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम मिनेटमा गरेको बराबरी गोलमा नेपालले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ।

हलचोकस्थित एपिएफ मैदानमा भएको समूह ‘डि’ दोस्रो खेलमा बराबरी खेलेसँगै नेपालले एएफसी यु–१६ को अन्तिम चरणमा प्रवेश गर्ने गणितीय सम्भावना जीवित राखेको छ ।

समूहका दुई खेल सकिदा शतप्रतिशत नतिजा निकालेको इराक ६ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलमा ४ अंक जोडेको भारत दोस्रो र यस  १ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । अंकविहिन प्लोस्टाइन पुछरमा छ ।नेपालका लागि ब्रिजेशले दुई गोल गरेका थिए । भारतका हरप्रित रुलबिरले पनि दुई गोल गरे ।

७६ औं मिनेटमा ब्रिजेशले गरेको गोलमा नेपालले अग्रता लिएको थियो ।उनले रक्षक दिपक भण्डाराको पासमा डिबक्सबाहिर बाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

८३ औं  मिनेटमा वैकल्पिक खेलाडी हरप्रितले गरेको गोलमा भारत खेलमा फर्किएका थियो ।नेपालका गोलकिपर  विशाल सुनार आफ्नो पोजिसनमा नरहेको मौका छौप्दै हरप्रितले ४० यार्ड ढाडाबाट गोल गरेका थिए । उनी दोस्रो हाफमा मिडफिल्डर रबि बहादुर रानाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

पहिलो गोल गरेको दुई मिनेटपछि नै  हरप्रितले व्यत्तिगत दोस्रो गोल गर्दा भारतले खेलमा अग्रता लिएको थियो । रक्षक लारिकोमाले दिएको पासलाई अनमार्क रहेका हरप्रितले जाली चुमाएमा थिए ।

तर भारतले आफ्नो अग्रता धेरै समय टिकाउन सकने । ८८ औं मिनेटमा ब्रिजेशले गोल गदै नेपाललाई खेलमा फर्काएका थिए । भारतीय रक्षकलाई बिट गर्र्दै बल अघि बढाएका ब्रिजेशले सेकेण्डबार च्याप्दै बललाई पोस्टको दिशा दिएका थिए ।

शुक्रबार चाडो गरि सम्पन्न समूहको पहिलो खेलमा इराकले प्लोस्टाइनमाथि ४–० को सहज जित हात पा¥यो ।

इराकको जितमा हसन सलमान सानन,अब्दुलरजाक्क क्वासिम सुवाहाबी, अहमद आयाद अल हाइफी र अब्दुल हसन हमिदले समान उक गोल गरे ।

तस्बिर: प्रबिन कोइराला

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App