coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री छ्याप्छ्याप्ती

बजागर अनुगमन गर्दै सहायक सिडिअाे स्मीता पाैडेल नेतृत्वको टोली। तस्विरः हिमनाथ

रसुवा— उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै रसुवाको प्रमुख बजार केन्द्रहरुमा हरेक वर्ष अनुगमन हुने गर्छ। वर्षमा यति पटक अनुगमन गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था नभए पनि दशैँ आसपास सधैँ अनुगमन हुन्छ।

जिल्लाको प्रमुख व्यापारिक सहरहरुमा हुने अनुगमनले उपभोक्ता र व्यापारी सचेत हुनुपर्ने हो। तर त्यस्तो भएको देखिँदैन। शुक्रबार बजार अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले भनिन्,‘जति पटक अनुगमन गर्‌यो त्यति धेरै अखाद्य सामग्री भेटिएका छन्। यो व्यापारीको अटेरी र उपभोक्तामा सचेतनाको कमी हो। ’

अघिल्लो शुक्रबार सदरमुकाम धुन्चेमा रहेका होटल व्यावसायी, खुद्रा तथा होलसेल व्यावसायीसँग जिल्ला प्रशासन कार्यालय रसुवामा उपभोक्ता हितबारे छलफल गरिएको थियो।

‘गत शुक्रबार व्यावसायीलाई सचेतना कार्यक्रम सञ्चालन गरेको फलो अपकै रुपमा आज अनुगमन गरेका हौं। पछिल्लो भन्दा यो अनुगमनमा समस्या अझ बढी देखिए। प्रशासनले कारवाही र जनचेतना सँगसँगै अघि बढाउने तयारी गरिरहेकाे छ', उनले भनिन्।

गत शुक्रबार व्यावसायीलाई सचेतना कार्यक्रम सञ्चालन गरेको फलो अपकै रुपमा आज अनुगमन गरेका हौं। पछिल्लो भन्दा यो अनुगमनमा समस्या अझ बढी देखिए। त्यसैले प्रशासनले अब कारवाही र जनचेतना सँगसँगै अघि बढाउने तयारी गरिरहेका छ’, उनले भनिन्।

चाडपर्वलाई लक्षित गरी शुक्रबार सदरमुकाम धुन्चेमा रहेका खुद्रा तथा होलसेल पसलमा अनुगमन गर्दा फेरि पनि अखाद्य वस्तु एवं मिति सकिएका खाद्यवस्तु फेला परेका हुन्।

हरेक पटक अनुगमन गरेर सामग्री जफत गर्दा अनि सचेतनाको कार्यक्रम सञ्चालन गर्दा पनि समस्या समाधान नहुनु व्यापारी र उपभोक्ता दुवै सचेत नभएको प्रष्ट देखिन्छ।

एक दर्जन पसलमा अनुगमन गर्दा म्याद नाघेको मात्र होइन लेबल नभएको सामाग्री समेत बेच्ने गरेको भेटिएको छ। कार्यालयले वर्षै पिच्छे अनुगमन गरेपनि कतिपय पसलले अहिलेसम्म पसल दर्ता नगरेका र मुल्य सूचि समेत राख्न अटेर गरेको पाइएको छ।

गत साउन ५ गते अनुगमन गर्दा दुई बोरा अखाद्य वस्तु जफत गरी नष्ट गरिएको थियो। अब उपभोक्ताको लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने प्रशासनको योजना छ। 

प्रकाशित: ६ आश्विन २०७४ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App