coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रामेछापको बाबियाखर्कमा बस दुर्घटना हुँदा ३ को मृत्यु

काठमाडौँ – रामेछापको रामेछाप नगरपालिका ८ बाबियाखर्कमा शुक्रबार विहान ९ः३० बजे बस दुर्घटना भएको छ । 

रामेछापबाट मन्थली हुँदै काठमाडौँ आउँदै गरेको बा २ ख ६३७२ नम्बरको यात्रुवाहक बस दुर्घटना भएकाे हाे । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  भने २० भन्दा बढी घाइते भएका छन्।

बस बितिटारको सानाबारी भन्ने ठाउँमा घुम्ती काट्ने क्रममा सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बस तिव्र गतिका कारण दुर्घटना भएको हो। कार्यालयका अनुसार मृतकहरुमा रामेछाप नगरपालिका ८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका  ६ की उमा खड्का र बालकुमारी बस्नेत रहेका छन्। 

दुर्घटनामा परी घाइते भएकाहरुको मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार घाइते सवैको अवस्था सामान्य छ।  

प्रकाशित: ६ आश्विन २०७४ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App