१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सखुवानन्कारकट्टी गाउँपालिकामा एमाले विजयी

जितपछि समर्थकहरुको शुभकामना ग्रहण गर्दै केदारनाथ यादव । तस्बिर : मिथिलेश यादव

लहान – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिमा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव विजयी भएका हुन।

निकटतम प्रतिस्पर्धी  संघीय समाजवादी फोरमका उम्मेदवार रामनाराण यादवलाई ८ सय ८८  मतअन्तरले पराजित गर्दै केदार विजयी भएको निर्वाचन अधिकृत गोपिलाल नेपालले जानकारी दिए । केदारले ३१ सय ५५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामनारायणले २२ सय ६७ मत ल्याएका छन् । 

यसैगरी, एमालेबाट उपाध्यक्ष उम्मेदवार अमलादेवी यादवले २९ सय ३८ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी शोभा कुमारी यादवले २३ सय २८ मत ल्याएकी छिन् ।

यो जितसँगै एमालेले १७ स्थानीय तहमध्ये दुई तह जितेको छ।

 

प्रकाशित: ६ आश्विन २०७४ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App