८ वैशाख २०८१ शनिबार
समाज

आमाले नै गरिन् शिशुको हत्या

हीराबहादुर घर्तीमगर     

रोल्पा- एक आमाले नवजात शिशुको हत्या गरेकी छन। जंकोट–७ दमाकुरका ३० वर्षीय दलसरी डाँगीले नवजात शिशु हत्या गरेकी हुन्। दिलसरीलाई उनका सासु झुलमतिले शिशु हत्याको अभियोगमा प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीले जंकोट–७ नुनथलामा मृत शिशु फेला पारेको थियो। बनमारा र माटोले पुरेको अवस्थामा शिशु भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता केशवबहादुर बस्नेतले शुक्रबार विज्ञप्ति मार्फत जनाएका छन्।

विज्ञप्तिमा जनाइएअनुसार दिलसरीलाई प्रहरीले साउन ९ मा पक्राउ गरेको थियो। दिलसरीले अवैध गर्भाधारण गरेकी थिइन्। जंकोट–४ तल्लो जंकोटका ३९ वर्षीय सुरेन्द्र कुमार पुनको दिलसरीले अवैध गर्भाधारण गरेकी हुन्।

२०७२ असोज अन्त्यतिर दिलसरीले आफ्नै घरमा पुनसँग सहबास भएको प्रहरी समक्ष बयान दिएकी छन्। अवैध गर्भाधारण गराउने पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दिलसरी र सुरेन्द्रलाई ज्यान मुद्दामा प्रहरीले अनुसन्धान जारी रोखेको विज्ञप्ति मार्फत जनाएको छ।

प्रकाशित: १४ श्रावण २०७३ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App