coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सप्तरीमा एमालेले खाता खोल्यो, पाँच स्थानमा काँग्रेसको अग्रता

राजविराज— सप्तरीका १८ मध्यै चार स्थानीय तहको मत गणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार २ स्थानिय तहमा नेपाली काँग्रेस तथा एक—एक मा राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा एमालेले जित हात पारेका छन्। 

सप्तकोशी नगरपालिकाको मेयरमा एमालेका उत्तमकुमार गौतमले ३०३९ र उप मेयरमा आशा चौधरीले ३२२७ मत प्राप्त गरी विजयी भएका छन्। यस्तै डाक्नेश्वरी नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी नेपालका शिवनारायण साहले ३८८० तथा राष्ट्रिय जनता पार्टी नेपालकै इन्दुदेवी यादवले ३८५६ मत प्राप्त गरी जित हात पारेको छ। 

सप्तकोशी नगरपालिकाको मेयरमा एमालेका उत्तमकुमार गौतमले ३०३९ र उप मेयरमा आशा चौधरीले ३२२७ मत प्राप्त गरी विजयी भएका छन्।

यसैगरी विष्णपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका निलाम्बर यादवले २१२४ तथा नेपाली काँग्रेसकै जंजिरादेवी यादवले २०१८ मत प्राप्त गरी विजयी भएका हुन् । यता, वेल्ही चपेना गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा पनि नेपाली काँग्रेस नै विजयी भएको छ । अध्यक्षमा प्रमानन्द यादवले ३५४५ र उपाध्यक्षमा उषादेवी मण्डलले ३४५५ मतका साथ जित हात पारेको छ । 

अन्तिम मत परिणाम सार्वजनीक भईसकेको जिल्लाको बेल्ही चपेना तथा विष्णुपुर गाउँपालिकामा काँग्रेसले विजय हात पारेको छ भने डाक्नेश्वरी नगरपालिकामा राजपा तथा सप्तकोशी नगरपालिकामा एमालेले विजय हात पारेका हुन् ।

१३ वटा स्थानीय तहको मतगणना काँग्रेसले ५ स्थानमा अग्रता लिइरहेको छ। 

संघीय समाजवादी फोरम नेपालले ४, नेकपा एमालेले २, राजपा १ र नयाँ शक्ति १ स्थानमा अग्र स्थानमा छन्। नेपाली काँग्रेसले खडग र कञ्चनरुप नगरपालिका तथा तिलाठी कोईलाडी, अग्निसाईर कृष्णाशवरन र तिरहुँत गाउँपालिकामा अग्रता लिएको छ। बोदेवरसाईन र हनुमाननगर कंकालिनी नगरपालिका तथा वलान विहुल र महदेवा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालको अग्रता रहेको छ। 

शम्भुनाथ र सुरुङ्गा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने रुपनी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल र छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपालले अग्रता कायम राखेका छन् । 

प्रकाशित: ५ आश्विन २०७४ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App