१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अतिक्रमण जग्गा खाली गर्न नगरपालिकाको आग्रह

बाजुरा – विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ। 

सडक विस्तार गर्नका लागि सार्वजनिक सडक र ऐलानी जग्गा अतिक्रमण गरी घर तथा टहरा निर्माण भएकाले त्यसलाई हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर सो आग्रह गरिएको हो। 

नगरपालिकाले मार्तडीको गौडा डिलदेखि जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्च, जिल्ला वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालय र तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालय हँदै गैरीबजार गौडा डिलसम्म सडक निर्माण गर्नका लागि घर–जग्गाधनीले टहरा हटाउन आग्रह गरेको नगरप्रमुख पदम बडुवालले बताए। 

उनले बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धीको आधारभूत मापदण्ड २०७२ अनुसार सडक विस्तार गर्ने भएकाले सरकारी तथा ऐलानी जग्गा अतिक्रमण हटाउनुपर्ने बताउँदै ३० दिनभित्र नहटाइए नगरपालिकाले आफैं नियमानुसार हटाइने प्रक्रिया अगाडि बढाउने विचार व्यक्त गरे। 

सडक विकासका लागि नगरपालिकाले यो वर्ष रु चार करोडभन्दा बढी रकम विनियोजन गरिएको छ। 

प्रकाशित: ५ आश्विन २०७४ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App