८ वैशाख २०८१ शनिबार
राजनीति

विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका मुनिलाल खंगले १६५९ मत ल्याए। 

उपाध्यक्षमा काँग्रेसकै जनजिरा यादवले दुईहजार ६७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी फोरम नेपालका उषादेवी साह एक हजार ४८० मत ल्याएका थिए। 

प्रकाशित: ५ आश्विन २०७४ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App