६ वैशाख २०८१ बिहीबार
राजनीति

ठोरीमा प्रमुख र उपप्रमुख माओबादी

वीरगन्ज— पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै नेकपा माओवादी केन्द्रले जितेको छ। कुनै बेला नेपाली काँग्रेसको बाहुल्यता रहेको क्षेत्रमा पछिल्लो पटक दोस्रो पटकको संबिधान सभा निवाएचनमा नेकपा एमालेले बढी मत हासिल गरेको थियो। 

यस स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पदमलाल (पिएल) श्रेष्ठ गाउँपालिका प्रमुखमा र उपप्रमुखमा शान्ति थिङ बिजयि भएका छन्। अध्यक्षमा श्रेष्ठ २,७५४ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले २,३४६ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा माओवादीकै थिङले २,४३५ मत प्राप्त गरी निर्वाचित भइन् भने एमालेकी गोकुलकुमारी रेग्मीले २,२९६ मत प्राप्त गरिन्। माओवादी उम्मेदवार श्रेष्ठ जिल्लामैं राम्रो छवी भएको नेता गनिन्छन् । 

 

प्रकाशित: ५ आश्विन २०७४ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App