४ वैशाख २०८१ मंगलबार
समाज

चन्दननाथ भैरवनाथको लिंगो फेरेर घटास्थापना

कर्णालीको धरोहर चन्दननाथ मन्दिरमा लिंग खडा गरिदैँ : डिबी बुढा

जुम्ला—कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी विधिपूर्वक घटस्थापना गरिएको छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर  घटास्थापना गरिएको होे। वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ। एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको स्थानीय जानकार रमानन्द आचार्यले जानकारी दिए । 

उनका अनुसार  भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ।  चन्दननाथ र भैरवनाथ मन्दिरमा थपिने दुई वटा लिङ्गा ४२ देखि ४५ हातसम्मका  हुने गरेका छन्।  नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ। लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटास्थपान सुरु हुन्छ। घरघरमा जमरा राखिन्छ। बिहान ७ बजेपछि पुरानो लिंगा ढाल्ने र नयाँ लिंगो ठड्याइने काम शुरु भएको थियो। 

यो दिन नव दुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गरिन्छ।  आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात् नुवागी खाने गर्छन्। परम्परागत प्रचलन अनुसार धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ। विश्वकै अग्लो स्थानमा फल्ने मार्सीधानको उत्पादन गरेको भन्दै चन्दननाथ मीनदरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानिय चित्रलाल श्रेष्ठको भनाइ छ।

 

प्रकाशित: ५ आश्विन २०७४ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App