coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस सांसद सुरेन्द्र चौधरीको क्षेत्र पटेर्वा सुगौलीमा एमाले विजयी

वीरगन्ज- पर्साको पटेर्वा सुगौली गाउँपालिकामा प्रमुखमा नेकपा एमाले र उपप्रमुख नेपाली कांग्रेसका उम्मेदवार विजयी भएकान छन्। निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार एमालेका हरिनारायण चौधरीले काँग्रेस उम्मेदवार दिनेश चौधरीभन्दा ९० मत बढी २९५७ मत ल्याएर गाउँ पालिका अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी काँग्रेस उम्मेदवारले २८६७ मत ल्याएका हुन्।

त्यसगरी गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी ममता चौधरीले ३२५७ मत ल्याई विजयि भइन्। उनकी निकटतम् प्रतिद्वन्दी एमालेकी सञ्जु चौधरीले २७८९ मत ल्याइन्। कांग्रेस नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीको गाउँपालिकामा जित हासिल गरेकोले एमाले नेताले यसलाई ठूलो सफलता मानेका छन्। यो गाउँपालिका थारु बाहुल्य हो।

 

प्रकाशित: ५ आश्विन २०७४ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App