coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोजभतेर नगर्न आयोगको निर्देशन

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन चाडबाडको नाममा सार्वजनिक रुपमा भोजभतेर र चियापान नगर्न नगराउन आग्रह गरेको छ ।
विजयादशमी, दीपावली, छठजस्ता चाड नजिक आइरहेकाले दलसँग सम्बन्धित संघसंस्थाले सार्वजनिक स्थलमा चियापान समारोह, भोजभतेर गर्दा त्यसले निर्वाचनको स्वच्छता र निष्पक्षतामा व्यवधान उत्पन्न गर्ने आयोगको भनाइ छ ।
आयोगको बैठकले मंसिर १० र २१ मा हुन गइरहेको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनको सिलसिलामा भदौ १४ देखि निर्वाचन आचारसंहिता लागू भइरहेको भन्दै पालना गर्न निर्णय गरेको छ ।
‘चाडको उपलक्ष्यमा राजनीतिक दल तथा सम्बन्धित संघसंस्थाले सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने भएकाले सार्वजनिक स्थानमा चियापान, भोजभतेर नगर्नू’ आयोगले भनेको छ ।

 

प्रकाशित: ५ आश्विन २०७४ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App