८ वैशाख २०८१ शनिबार
राजनीति

धनुषाको बटेश्वरमा एमाले, औरहीमा कांग्रेस विजयी

जनकपुर- धनुषाको बटेश्वर गाउँपालिका प्रमुखमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा प्रमिला देवी विजयी भएका छन्।
राउतले २ हजार ३७७ र प्रमिलाले २ हजार २९० मत पाएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्दी प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका रामअशिष महतो र जनारसी देवीले क्रमशः २ हजार ३०३ र २ हजार १९६ मत प्राप्त रेका छन्।

धनुषाकै औरही गाउँपालिकामा भने प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले कांग्रेसलाई पराजित गरेको छ। प्रमुखमा कांग्रेसका ब्रम्हदेव यादव २ हजार ५६९ मतका साथ विजयी भएका छन्। उपप्रमुखमा मिरादेवी सहनी १ हजार ९०४ मत पाएकी छन् । प्रमुख र उपप्रमुखमा एमालेका उमाशंकरप्रसाद साह र नन्दकुमारी ठाकुरले क्रमशः २ हजार ४९४ र १ हजार ८३१ मत ल्याएर निकटतम प्रतिद्वन्दीको रुपमा चित्त बुझाउनुपरेको छ।

रोचक प्रसंग के छ भने बटेश्वर गाउँपालिका समेतको संसदीय निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा पनि एमालेले कांग्रेसलाई पराजित गरेको थियो भने औरहीसहितको क्षेत्रबाट कांग्रेसले एमालेलाई हराएको थियो। स्थानीय चुनावमा पनि सोही अनुपातको मत आएकोले दुवै दलका मतदातामा कुनै परिवर्तन नभएको देखिन्छ।

प्रकाशित: ५ आश्विन २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App