coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी, परोहामा कांग्रेसको जित निश्चित

रौतहट- रौतहटमा नेपाल लोकतान्त्रिक फोरमले खाता खोलेको छ। इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ।

लोकतान्त्रिक फोरमका सन्तोष मेहताले ५ हजार ७ सय ८५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसके कौशल्या देवी ५ हजार २ सय ३६ मत प्राप्त गरेका छन्।

उपमेयरमा लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुनले ५ हजार २ सय ३६ मत प्राप्त गरी विजय हासिल गरेकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शेख कलामले ४ हजार ४ सय ३२ मत प्राप्त गरेकी छन्।

यसैगरी परोहा नगरपालिकामा नेपाली कांग्रेसले जित हात पार्ने निश्चित भएको छ। परोहा नगरपालिकाको १ देखि ८ सम्मको मतगणना सम्पन्न भइसक्दा नेकाले मेयरमा ५ हजार ६ सय ३६ र उपमेयरमा ५ हजार ३ सय ५७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले ३ हजार ६ सय ९६ र उपमेयरमा ३ हजार ५ सय ६६ मत प्राप्त गरेका छन्।

वडा नम्बर ९ को करिब १ हजार ८ सय मत गन्न बाँकी रहँदा गन्नुपर्ने बाँकी मतभन्दा निकै बढी भोट कांग्रेसले प्राप्त गरिसकेकाले परोहा नगरपालिकामा कांग्रेसको जित सुनिश्चित भएको छ।

 

प्रकाशित: ५ आश्विन २०७४ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App