८ वैशाख २०८१ शनिबार
राजनीति

सिरहाको विष्णुपुरमा फोरम र अर्नामामा माओवादी केन्द्र विजयी

फोरम नेपालका विजयी जागेश्वर यादव र अरहुलादेवी सिंह।

लहान- सिरहाको विष्णुपुर गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपालले सिरहामा खाता खोलेको छ। यो गाउँपालिमा फोरमबाट अध्यक्ष पदका उम्मेदवार जागेश्वर यादवले ६ सय ६० मतको फराकिलो अन्तरले निकतम प्रतिस्पर्धी नेकपा एमालेका सत्यनारायण यादवलाई पराजित गरको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जागेश्वारले १९ सय ६० मत प्राप्त गरेका छन भने सत्यनारायण १२ सय ८० मत हासिल गरेका थिए।

यसैगरी, उपाध्यक्षमा संघीय समाजवादी फोरमकी अरहुलादेवी सिंह निर्वाचित भएकी छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवदी केन्द्रकी ललितादेवी यादवलाई ७ सय ८७ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन। सिंहले २ हजार ७ मत प्राप्त गरेकी छन भने यादवले १२ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृत सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।
यहाँ कूल खसेको सदर मत ७ हजार ८६ छ।

अर्नामा गाउँपालिका माओवादी केन्द्र
सिरहाको अर्नामा गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार ठकु महतो कोइरी निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्देश्वर मण्डललाई २ सय २७ मत अन्तरले पराजित गरेको निर्वाचन अधिकृत दिलिपराज पन्तले जानकारी दिए। कोइरीले २२ सय ३८ मत प्राप्त गरेका छन् भने मण्डलले २२ सय ९ मत हासिल गरे।

यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रकी सियावती मुखिया निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रामकुमारी महतोलाई १ मतको झिनो अन्तरले पराजित गरेकी छन्। मुखियाले प्राप्त गरेको मत २२ सय ९९ छ भने महतोले २२ सय ९८ मत ल्याएकी छन्। यहाँको कूल खसेको सदरमत ८ हजार ६ सय ४४ हो।

 

प्रकाशित: ५ आश्विन २०७४ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App