८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ मा माओवादीले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी

मेयर र उपमेयरमा विजयी क्रमश: गंगा पासवान र ज्ञानकुमारी श्रेष्ठ। तस्विर: मिथिलेश

लहान—माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको निर्वाचन क्षेत्र रहेको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका मेयर उपमेयर विजयी भएका छन्। मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाले जनाएको छ।

विजयी पासमानले ४ हजार ३ सय ९ मत प्राप्त गरे। महतोले ३ हजार १ सय ३० मत हासिल गरेका छन्। 

निर्वाचन अधिकृत सुवर्ण बनेपालीका अनुसार माओवादी केन्द्रका मेयर उम्मेदवार गंगा पासवानले निकटतम प्रतिस्पर्धी एमालेका रामदयाल महतोलाई १ हजार १ सय ७९ मतअन्तरले पराजित गरेका हुन्। विजयी पासमानले ४ हजार ३ सय ९ मत प्राप्त गरे। महतोले ३ हजार १ सय ३० मत हासिल गरेका छन्। 

यसैगरी, उपमेयरमा माओवादी केन्द्रकी ज्ञानकुमारी श्रेष्ठले ४ हजार ३ सय १३ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी अन्जुकुमारी राईले २ हजार ९ सय ४५ मत प्राप्त गरको बनेपालीले बताए। संघीय समाजवादी फोरम नेपालका श्रीकिशुन यादव १ हजार ९ सय मतसहित तेस्रो स्थान पाएका छन् । उपमेयरमा फोरमकै उर्मीलादेवी महतोले १ हजार ९ सय २० मत प्राप्त गरिन्।

माओवादी केन्द्रका अध्यक्ष दहाल दोस्रो संविधानसभा निर्वाचनमा कर्जन्हा नगरपालिका रहेको क्षेत्र नम्बर ५ बाट निर्वार्चित भएका थिए। यो क्षेत्र मा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका महेन्द्र पासवान निर्वाचित भएका थिए। यो क्षेत्र वामपन्थी पकेटक्षेत्रको रुपमा  मानिन्छ। 

मेयर पदका नवनिर्वाचित पासवान वाईसिएलको केन्द्रिय सदस्य समेत हुन। उनी जनयुद्धकालदेखि नै माओवादीका सक्रिय क्याडर गरेको माओवादी नेता जगत यादवले जानकारी दिए।

प्रकाशित: ४ आश्विन २०७४ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App