coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लमजुङका परित्यक्त पोखरी

तस्बिर : दिपेश मुर्ति पन्त।

प्रजु पन्त
सुनखानीमा बस्दैमा मान्छे धनी हुँदैन । धनी हुन त सुनको सदुपयोग गर्न सक्नुपर्छ । यस्तै सुनको चाङको लमजुङका परित्यक्त पोखरीहरु ।
बरु लमजुङका युवाले त्यसको सदुपयोग गर्न नसके पनि कताकतीबाट घुम्दै त्यस ठाउँको स्वाद लिनेहरुको संख्या बढिरहेको छ । स्थानीय पर्यकटहरुको संख्या बढेसँगै पछिल्लो समय युवापुस्तामा पथ प्रदर्शकमा जाने र थोरबहुत आम्दानी गर्ने चलन पनि बढेको  छ ।
यात्राका लागि लमजुङको बराह पोखरी र दुधपोखरी उपयुक्त स्थान हुन् । यी पोखरीहरुमा जनै पूर्णिमामा मेला लाग्छ । मेलाका बेला स्थानीयको भीड हुनु स्वाभाविक हो । मेलाबाहेक पनि  साहसिक ट्रेकिङ गर्नेहरु वैशाखदेखि असोजसम्म फाट्टफुट्ट पुगिरहेका हुन्छन् । दुध पोखरी समुद्री सतहदेखि ४५०० मिटर माथि छ । उक्त स्थानमा जान काठमाडौँबाट एक दिन लमजुङ बेसिसहरसम्म र भोलिपल्ट बिहान हिँड्न थालेदेखि चिती हुँदै पुरानो दुबार, चित्रे गरी एक दिनमा बराह पोखरी पुग्न सकिन्छ । त्यसको एक दिन एक बिहान हिँडेपछि दुधपोखरी पुगिन्छ । यो बाटोमा सबैभन्दा सुन्दर ठाउँ कुमरुङ डाँडो हो । यहाँबाट चितवन भरतपुरसमेत देख्न सकिन्छ ।
यहाँ मनास्लु हिमशृंखलाअन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री (पिक २१) र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ ।  
लालीगुराँस फुल्ने याममा थरीथरीका लालीगुराँसले डाँडै ढाक्छन् । मममोहक हिमालसँगै  रंगीचंगी गुराँस देख्दा प्रकृतिलाई साँच्चिकै दिल खोलेर धन्यवाद दिन मन लाग्छ ।
बाराह पोखरीबाट हिँडेको १ दिन १ बिहानपछि मेमे पोखरी पुगिन्छ । मेमे वरिपरि ५ वटा पोखरी छन् । त्यसको ३० मिनेटको दुरीमा दुध पोखरी पुग्न सकिन्छ ।
मेमे पोखरी पुग्नु पहिले खोले पोखरी आउँछ । यो पोखरी अहिले मैदानमा परिणत भएको छ । प्रकृतिमा रमाउनेहरु वर्षको एकफेर त्यस स्थानमा पुग्नैपर्ने अर्थशास्त्रका प्राध्यापक  दिपेश मुर्ती पन्त बताउँछन् । उनी पनि वर्षमा एक चोटि त्यहाँ पुगेकै हुन्छन् । यहाँका पोखरी मासिदै जानुमा जलवायु परिवर्तनको असर तथा राज्यको बेवास्ता नै कारक रहेको उनको धारणा छ । धार्मिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण यस क्षेत्रको संरक्षण गर्न सके आन्तरिक मात्रै होइन, बाह्य पर्यटकसमेत तान्न सकिने र त्यस क्षेत्रका मानिसको जीवनस्तर उकासिने धारणा पन्तको छ ।
यहाँ जाँदा खानाको व्यवस्था आफैँ गर्नुपर्छ । बाक्ला कपडाको पनि जोरजाम गर्नुपर्छ । स्थानीय परिकारका रुपमा गाईको शुद्ध दुधबाट बनेका परिकार पाइन्छन् । बस्ने स्थानका लागि आफैँले स्लिपिङ ब्याग अथवा टेन्टको व्यवस्था गर्दा उचित हुन्छ । भेडी गोठ, गाई गोठ भए पनि सुत्ने–बस्ने ठाउँको भने अभाव नै देखिन्छ । एकहप्ताको प्याकेज बनाएर समूहमा जाँदा उचित हुने यस स्थानमा रोमाञ्चक दृश्यपानका साथै ट्रेकिङको फाइदा लिन सकिन्छ ।
 

प्रकाशित: ४ आश्विन २०७४ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App