७ वैशाख २०८१ शुक्रबार
राजनीति

लहान नगरपालिकाको मतगणना पुनः स्थागित

लहान- लहान नगरपालिका-५ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि लहानको मतगणना पुनः स्थगित भएको छ। लहान-५ मा एमालेका वडाअध्यक्ष उम्मेदवार सुलेमान अन्सारी जितेपछि प्रतिस्पर्धी मोहम्मद करिमले पुनः मतगणनाको माग गरेपछि एमालेले विरोध जनाउँदै आफ्ना प्रतिनिधि फिर्ता बोलाएका छन्।

'कांग्रेसले पुनः मतगणना गर्नुपर्ने भन्दै विजयी उम्मेदवार घोषणामा अवरोध पुर्याएपछि हामीले मतगणनास्थलबाट प्रतिनिधि फिर्ता बोलाएका हौं,' एमाले नगर अध्यक्ष सचितानन्द चौधरीले भने। एमालेले प्रतिनिधिले फिर्ता बोलाएपछि लहान नगरपालिकाको मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमालेले निर्वाचन अधिकृतविरुद्ध नारावाजीसहित प्रदर्शन गर्दै विजयी उम्मेदवार घोषणा गर्न माग गरिरहेको छ। यसअघि लहान ३ मा पनि पुनः मतगणानाको माग गर्दै फोरमले प्रतिनिधि फिर्ता बोलाएपछि मतगणना अवरुद्ध भएको थियो। सर्वपक्षीय सहमतिपछि भएको केही घण्टा नबित्दै मतगणना स्थगित गरिएको हो।

प्रकाशित: ४ आश्विन २०७४ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App