७ वैशाख २०८१ शुक्रबार
समाज

नाम्चेमा चार करोडको धार्मिक सम्पदा निर्माण हुँदै

पर्यटकीय स्थल नाम्चे बजारमा बन्दै गरेको धार्मिक तथा सांस्कृतिक सम्पदा । तस्बिर: राधा ढुंगाना/नागरिक

सोलुखुम्बु – सोलुखुम्बुको नाम्चेस्थित १५ रोपनी क्षेत्रफलमा छेङ्ग्युर तथा प्रार्थना चक्र, जलपार्क, स्तुपा र पेम्वाडोमा स्मृति पगोडाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकामा झण्डै चार करोड रुपैयाँमा निर्माण भइरहेको धार्मिक सम्पदाको ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

चार वर्षअघि सुरु गरिएको छेङ्ग्युर तथा प्रार्थना चक्रले धार्मिक पर्यटन प्रवद्धनमा योगदान पुर्‍याउने जानकारी मनि छेङ्ग्युर तथा प्रार्थना चक्र, जलपार्क, स्तुपा र पेम्वाडोमा स्मृति पगोडाको निर्माण समितिका अध्यक्ष छिमिकाल्देन शेर्पाले बताए।

सोलुखुम्बु क्षेत्रमा स्थानीय र अन्तराष्ट्रिय पर्यटनको आकर्षकको केन्द्रविन्दु बन्ने आशाले निर्माण सुरु गरेका थियौं । आगामी वैशाखसम्ममा निर्माण पुरा हुनेछ।’
 

प्रकाशित: ४ आश्विन २०७४ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App